२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

रामपुर पाल्पामा कार्यरत प्रहरी कर्मचारीहरुको निःशुल्क स्वास्थ्य चेकजाँच,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र ११, २०८१

पाल्पा । इलाका प्रहरी कार्यालय रामपुर पाल्पामा कार्यरत प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । २४ सै घण्टा ड्युटीमा खटिने प्रहरी कर्मचारी स्वास्थ्य भएमा मात्र प्रहरी सेवा प्रभावकारी रहने भएकोले कार्यालय परिसरमा निःशुल्क शिविर आयोजना गरी स्वास्थ्य परीक्षण गरिएको हो ।

इलाका प्रहरी कार्यालय रामपुरको आयोजना, पाल्पा मेट्रोसिटी हस्पिटल प्रा.लि. र होराइजन डेण्टल क्लिनिक प्रा.लि. रामपुरको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर भएको हो ।

दैनिक ड्युटीमा खटिने प्रहरी कर्मचारीको रोगहरू सुरुमै पहिचान गरी उपचार गर्न सकेमा धेरैजसो रोगहरूबाट बच्न सकिने भएकाले स्वास्थ्य जाँचको लागि शिविर सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक राम बहादुर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “आम नागरिकको सुरक्षा प्रभावकारी ढङ्गले पूरा गर्न प्रहरी स्वयं स्वस्थ रहन आवश्यक छ । चौबीसै घण्टा जनताको सुरक्षामा खटिएर आफ्नो ड्युटी निभाउने प्रहरीलाई आफ्नो स्वास्थ्य प्रति सचेत बनाउन स्वास्थ्य शिविरको आयोजना गरेका हौँ ।”

पाल्पा मेट्रोसिटी हस्पिटल प्रा.लिका सञ्चालक डा. भिमसेन सुुुनारले शिविरमा उच्च रक्तचाप, मधुमेह, नाक, कान तथा घाँटी सहित अन्य स्वस्थ्य जाँच तथा परामर्श सेवा प्रदान गरिएको बताउनुभयो । शिविरको अवसरमा हस्पिटल र प्रहरी कार्यालयबिच प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवामा छुट दिने सम्झौता समेत भएको जानकारी दिनुभयो ।

साथै प्रहरी कर्मचारीको दाँत परीक्षणसँगै दन्त स्वास्थ्य सम्बन्धी परामर्श प्रदान गरिएको होराइजन डेन्टल क्लिनिकका सञ्चालक डा. शंकर श्रेष्ठले बताउनुभयो । मेडिकल अधिकृतको सहित ल्याब टेक्निसियनको टिमले इलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीमा कार्यरत ३५ जना प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!