११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

लुम्बिनी प्रदेशका कर्मचारीहरूले बिदाको दिन सरकारी गाडीको चरम दुरुपयोग, मदिरा र जुवामा मस्त

Logo
बिदुर एमसी प्रकाशित सोमबार, चैत्र ११, २०८१

 

दाङ । राप्ती गाउँपालिका ५, भुल्केमा सरकारी नम्बर प्लेट भएका गाडी पार्किङ गरी मन्त्रालयका कर्मचारीहरू खुलेआम मदिरा सेवन गर्दै जुवा खेलिरहेको दृश्य सार्वजनिक भएको छ ।

बा २ झ १४१३, बिएए १२६१, बा २ झ ३५६१, बिएए ०९११ विएए १३१६ नम्बर प्लेट भएका स्कोर्पियो गाडीहरू र केही मोटरसाइकल सरकारी कार्यालयका नाममा दर्ता गरिएका हुन्, जसलाई व्यक्तिगत विलासिताका लागि निर्लज्ज रूपमा प्रयोग गरिएको देखिन्छ ।

सरकारी सम्पत्तिको यसरी खुल्लमखुल्ला दुरुपयोग हुनु निन्दनीय मात्र होइन, गम्भीर अपराध पनि हो । तर,मन्त्रालय प्रशासन भने मौन बसेको छ । स्थानीयबासीहरू यस्ता गैरजिम्मेवार कर्मचारीहरूलाई तत्काल कारबाही गर्न माग गरिरहेका छन् ।

जनताको करबाट खरिद गरिएका गाडीहरू सरकारी कामका लागि प्रयोग हुनु पर्ने हो । तर, तिनै कर्मचारीहरू ती साधनलाई व्यक्तिगत रमाइलो, मस्ती, र उच्छृंखल गतिविधिका लागि दुरुपयोग गरिरहेका छन् । यस्तो भ्रष्टाचारलाई निरुत्साहित गर्न प्रदेश सरकार किन चुप छ ?

यस्तो गैरजिम्मेवार र भ्रष्ट व्यवहार रोक्न सम्बन्धित निकायहरूले छानबिन गरी संलग्न कर्मचारीहरूलाई तत्काल बर्खास्त गर्नुपर्ने माग स्थानीयहरूले गरेका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!