२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारत बिहारको रेल्वे स्टेसनमा मंगलबार राति ३ जनाको गोली हानी हत्या,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र १३, २०८१

काठमाडौं । भारतको बिहारमा रहेको आरा रेल्वे स्टेसनमा मंगलबार राति तीन जनाको गोली हानी हत्या गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बीबीसी समाचारमा उल्लेख छ।

समाचार एजेन्सी पीटीआईका अनुसार रेलवे सुरक्षा बलका वरिष्ठ कमान्डेन्ट प्रकाश पाण्डाले घटना प्लेटफर्म नम्बर दुईमा भएको जानकारी दिए। तीन जनाको शव निकालिएको छ।

उनले भने, ‘तीन जनाको मृत्यु भएको छ। अभियुक्त अमन कुमार २४ वर्षका छन्। उनी भोजपुरका बासिन्दा हुन्।  आरोपी अमनले जिया कुमारी र उनका बुबा अनिल सिन्हालाई गोली हानी हत्या गरेका हुन्। त्यसपछि उनले आफैलाई पनि गोली हाने। बिबिसीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]