२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

पर्सामा किशोरीमाथि पटकपटक नशालु पदार्थ खुवाई बलात्कार गरी गर्भ बनाएको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र १३, २०८१

 

पर्सा । एक किशोरीमाथि पटक–पटक नशालु पदार्थ खुवाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा एक जना ५२ वर्षीय पुरुष पक्राउ परेका छन् ।वीरगंज महानगरपालिका वडा नम्बर ३१ इस्लामपुर घर भई वडा नम्बर १३ मुर्लीमा बस्दै आएका शेख अब्दुल मतिनका छोरा शेख महमद अनवरलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । पीडित किशोरीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए । उजुरीअनुसार आरोपीले किशोरीलाई विभिन्न नशालु पदार्थ मिसाइएको पानी खुवाएर मानसिक रुपमा कमजोर बनाएर पटक–पटक बलात्कार गरेका थिए ।१० हप्ताकाे गर्भवती रहेको पुष्टि पीडित किशोरीको मेडिकल परीक्षणबाट १० हप्ताको गर्भ रहेको पुष्टि भएको छ । किशोरीले लामो समयदेखि नशालु पदार्थ खुवाई जबरजस्ती करणी गरेको प्रहरी समक्ष बयान दिएकि छन् । घटना बाहिरिएपछि प्रहरीले तत्काल अनुसन्धान सुरु गरी अनवरलाइ पक्राउ गरेरेको हो । प्रहरीले पीडित किशोरीलाई तत्काल संरक्षणमा राख्दै उनको स्वास्थ्य परीक्षणपछि आवश्यक कानूनी तथा मानसिक परामर्श प्रदान गरिरहेको जनाएकाे छ ।पर्सा प्रहरीले आरोपी विरुद्ध जबरजस्ती करणीकाे मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!