२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बिहीबार तपाईंहरुको राशिफल

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, चैत्र १४, २०८१

मेष :-आजको दिनमा तपाईंको मन प्रसन्न रहनेछ। साझेदारिको कार्यमा सफलता मिल्नेछ ।विपक्षीहरूलाई परास्त गर्न सफल हुनुहुनेछ। अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नुपर्छ। साथीभाइको सहयोग प्राप्त हुनेछ र पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

वृष :-मन अशान्त रहन सक्छ र पढाइमा मन नजाँदा निराशा बढ्न सक्छ। बौद्धिक व्यक्तिहरूसँग सल्लाह लिएर अघि बढ्दा फाइदा हुनेछ। पिताको सर सल्लाहले अगाडि वढ्दा शुभ हुनेछ ।साथीभाइको सहयोग प्राप्त हुनेछ।

मिथुन :-धर्म कर्ममा रुची बढ्नेछ ।यात्रावाट लाभ प्राप्त हुनेछ ।चिताएका कार्य पूर्ण हुनेछन् ।मनमा भएका असन्तुष्टि साथीभाइसँग बाँड्दा मन शान्त हुनेछ। पारिवारिक विवादबाट टाढा रहनुहोस्।

कर्कट :-बोल्दा विचार पुर्याउनुहोस्। यात्रा गर्दा ख्याल राख्नु होला ।परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा साथीभाइको सहयोग प्राप्त हुनेछ।

सिंह :- साना कुरामा अल्झिनु भन्दा महत्त्वपूर्ण काममा ध्यान दिनुहोस्।व्यवसायले फड्को मार्नेछ ।मनमा खटपट भए पनि महत्त्वपूर्ण कार्य सम्पादन हुनेछन् ।

कन्या राशि :-साथीभाइको सहयोगले कार्यमा फाइदा हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ र दाम्पत्य जीवन सफल रहनेछ। अल्छि गर्ने बानिका कारण दुख पाई पाईएला सजग रहनुहोस् ।

तुला :-अनुत्पादक क्षेत्रमा खर्च बढ्न सक्छ, कार्य क्षेत्रमा पुराना समस्या हरु सुल्झन सक्नेछन् ।अग्रजको सल्लाहमा अगाडि वढ्दा उपर्युक्त हुनेछ ।स्वास्थ्यमा ध्यान दिनुहोस्। परोपकारमा समय र धन खर्च हुन सक्छ।

वृश्चिक :-परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। साना कुरामा अल्झिनु भन्दा महत्त्वपूर्ण काममा ध्यान दिनुहोस्। पारिवारिक सहयोग प्राप्त हुनेछ र प्रेम सम्बन्ध सुमधुर रहनेछ।

धनु :-सोचेका कामहरू सम्पन्न हुनेछन्। साथीभाइ र सहकर्मीहरूको सहयोगले योजनाहरू सफल हुनेछन्। राज्यका उच्च व्यक्तिहरूबाट हौसला प्राप्त हुनेछ।

मकर :-संचित् धन बृद्दि हुनेछ ।व्यवास्ता गर्ने बानिका कारण व्यवसायमा घाटा व्यहोर्न पर्ला ।युवा वर्गलाई नयाँ योजना निर्माण गर्दा राम्रो हुनेछ ।दान गरेर दिनको सुरुवात गर्दा दैनिकी सहज हुनेछ।

कुम्भ :-विद्यार्धी हरुका लागि अाज दिन शुभ रहेको छ । शैक्षिक उन्नति हुनेछ ।व्यवसायमा संयुक्त लगानीमा फाइदा हुनेछ। बिहान शिवको भजन सुनेर दिनको सुरुवात गर्दा दैनिकी सहज हुनेछ।

मीन :-व्यापार व्यवसाय बाट फाईदा हुनेछ ।अनुभवको कमिले गर्दा सोचे अनुरुप सफलता भने प्राप्त हुन मुस्किल हुनेछ ।स्वास्थ्य समस्याहरू समाधान हुनेछन्।बैदेशिक रोजगारकोलागि भने राम्रो रहेको छ ।

ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा ।सचिव- नेपाल ज्योतिष परिषद् लुम्बिनि प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसिपुर क लाईन जेसिस चोक दाङ ।
फोन नं – 9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]