२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

३० हजार घुस लिएको आरोपमा (सई) खिम बहादुर खड्का अख्तियार बुटवलद्वारा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र १४, २०८१

 

रुपन्देही । अवैध रुपमा सामान आयात गर्न सहयोग गर्ने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्का पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले खड्कालाई ३० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। खड्का रुपन्देही जिल्लाको दुर्गौलिया नाकामा रहेको प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत थिए।

उनीमाथि भारतबाट भन्सार छली गरेर घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने नाममा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो।

सोही सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई मायादेवी गाउँपालिका–६ अन्तर्गतको क्षेत्रबाट पक्राउ गरेको हो। अख्तियारका अनुसार खड्कामाथि थप अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!