२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

दुई समूहले एकअर्काविरुद्ध नारा जुलुस गर्ने भएपछि प्रहरीले मुठभेड हुन नदिन सुरक्षा सतर्कता बढायो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र १५, २०८१

 

काठमाडौं । चार दलीय समाजवादी मोर्चा र राजावादीले एकै दिन प्रदर्शन गर्ने भएपछि काठमाडौँमा सुरक्षाकर्मी थप गरिएको छ। दुई समूहले एकअर्काविरुद्ध नारा जुलुस गर्ने भएपछि प्रहरीले मुठभेड हुन नदिन सुरक्षा सतर्कता बढाएको हो।

भोलि शुक्रबारका लागि नियमित टोलीबाहेक ३ हजार ५ सय नेपाल प्रहरी र २ हजार सशस्त्र प्रहरी थप गरिएको छ। राजावादी र समाजवादीको मुठभेड हुन नदिन जिल्ला सुरक्षा समितिको बैठकले छुट्टाछुट्टै स्थानमा कार्यक्रमस्थल तोकेको छ। समाजवादी मोर्चाको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा र राजावादीको तीनकुनेमा कार्यक्रम हुने छ।

त्यहाँसम्म पुग्नका लागि पनि छुट्टाछुट्टै रुटको प्रयोग गराइने भएको छ। दुई टोली भेट हुन नदिनका लागि समाजवादी मोर्चाको रिङरोडभित्रबाट र्‍याली सुरु तय भएको छ। ४ दलका सबैतिरका र्‍याली रिङरोडभित्रबाट सुरु भएर प्रदर्शनीमार्गमा पुग्ने छन्।

राजावादीको र्‍याली सुरु हुने छैन। उनीहरू रिङरोडमा जम्मा भएर मात्रै र्‍याली सुरु गर्ने छलफल भएको छ। प्रहरीले त्यहाँबाट एस्कोर्टिङसहित उनीहरूलाई पनि कार्यक्रमस्थल तीनकुने पुर्‍याउने भएको छ।

दुवै कार्यक्रम दिउँसो १२–१ बजेतिर सुरु हुने तय छ। जिल्ला सुरक्षा समितिले दुवै टोलीसँग यसअघि पटकपटक छलफल गरेर कार्यक्रम शान्तिपूर्ण रुपमा गर्न भनेको छ। दुवै टोलीले शान्तिपूर्ण र मर्यादित रुपमा कार्यक्रम गर्न सहमति जनाएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए।

दुवै कार्यक्रममा सुरक्षाका लागि एसपीको कमान्डमा टोली फिल्डमा खटिने छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहरा र कुलदीप चन्दले एक एक तिर फिल्ड कमान्ड गर्नेछन्।

काठमाडौँ प्रहरी प्रमुख विश्व अधिकारीसहित सबै सुरक्षाकर्मीका काठमाडौँ प्रमुखहरूको कमान्ड सेन्टर भद्रकालीस्थित कार्यालयमा रहनेछ। त्यहाँबाट दुवैतिरको सुरक्षा अवस्थाको निरीक्षण हुने र आवश्यकता अनुसार थप टोली परिचालनको निर्देशन हुनेछ।

कार्यक्रमस्थलमा लठ्ठी लिएर आउन नपाइने, अवाञ्छित गतिविधि गर्न नपाउने, निषेधित क्षेत्र तोड्न नपाउने, तोकिएका रुट प्रयोग गर्ने र त्यसलाई अवज्ञा गरे प्रहरीले त्यही अनुसारको तयारी गरेको अधिकारीले बताए।

तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको पक्षमा प्रदर्शन हुनेछ। त्यहाँ राजावादी दलहरू पनि मिसिने भएका छन्।

प्रदर्शनीमार्गमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टीले गणतन्त्रको रक्षाका लागि प्रदर्शन गर्ने भनेका छन्। फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किंदा काठमाडौँबाट भव्य र्‍यालीसहित राजावादीले निर्मल निवास पुर्‍याएपछि दलहरू आक्रोशित भएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]