२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्रा गर्न गएका समूहको गाडी दुर्घटना ४ जनाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र १५, २०८१

दाङ । तुलसीपुरबाट तीर्थ यात्रा गर्न भारत गएका एक समूहको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ। बिहिबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटना भएको हो।

तुलसीपुर–७ का वडा अध्यक्ष राम बहादुर जिसीका अनुसार दुर्घटनामा गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईसहित चार जनाको मृत्यु भएको जानकारी दिएका छन्।

यस दुर्घटनामा तुलसीपुर–७ श्रीगैं निवासी ८० वर्षीय मोतिराम वलीको आमा समेत रहेको बताइएको  छ । अन्य दुई जनाको पनि मृत्यु भएको तर उनीहरूको नाम अहिलेसम्म खुल्न नसकेको अध्यक्ष जिसीले बताएका छन्। गाडीमा कुल नौ जना सवार थिए। दुर्घटना बिहिबार दिउँसो ४ बजेतिर भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ देउखुरीको गढवा गाउँपालिकामा भूमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको सही प्रकारको व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाइएको छ । सोमबार अपरान्ह “सुकुम्बासी, भूमिहिन तथा अव्यवस्थित जग्गा व्यवस्थापन दबाव अभियान गढवा–१” ले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो । सो दबाब अभियानका संयोजक चित्र बहादुर महताराको नेतृत्वमा गएको एक टोलीले गढवा गाउँपालिका कार्यालयमै पुगेर गाउँपालिका अध्यक्ष […]

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!