२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

काठमाडौंमा पत्रकारको हत्या भएको विरोधमा बाँकेका पत्रकारहरुद्वारा बिरोध प्रदर्शन,

Logo
ABC-Sanchar प्रकाशित आइतबार, चैत्र १७, २०८१

बाँके । नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा शनिबार वीपी चौकमा विरोध ऱ्यालीको साथ हत्यारालाई कारवाहीको माँग गर्दै जिल्ला भरीका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका हुन।

पत्रकारहरूले दोषीलाई कारबाही गर सञ्चारमाध्यममाथि आक्रमण बन्द गर प्रेस स्वतन्त्रता जिन्दावाद पत्रकार कुट्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।

कोणसभामा नेपाल पत्रकार महासंघ बाँकेका  अध्यक्ष नबिन गिरि  पत्रकार   कमल डाँगी , प्रिया स्मृति ढकाल,  लगायतका पत्रकारहरुले सम्बोधन गर्दै जघन्य अपराधमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको माग र संविधानअनुसार पूर्ण प्रेस स्वतन्त्रता कायम गर्न सरकारलाई दबाब दिने चेतावनी दिएका छ्न।

काठमाडौँको तीनकुनेमा राजावादी आन्दोलनका क्रममा आगजनी हुँदा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकलाई जलाएर हत्या गरिएको थियो।

त्यस्तै, आन्दोलनकारीहरूले विभिन्न सञ्चारमाध्यममाथि आक्रमण गरेका थिए । सो घटनाको विरोधमा नेपालभरका पत्रकारहरू आन्दोलित भएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]