२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छाती ठोक्दै आफूलाई जेल हाल्न संसदमा चुनौती दिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र १७, २०८१

 

काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकमा राजावादीलाई थुन्नुपर्ने मत गणतन्त्रवादी दलबाट व्यक्त भएको भन्दै उनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन् ।

सामाजिक सञ्जालमा अध्यक्ष लिङ्दनले लेखेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि…छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल !’

बैठकमा लिङदेन र अर्का सांसद ज्ञानेन्द्र शाहीले छाती पिटेको दृश्य देखिन्छ । सत्तापक्षका सांसद रामहरि खतिवडा र ठाकुर गैरेले सडकमा भएको अराजक क्रियाकलापमा संलग्नहरुलाई दण्डित गर्नुपर्ने बताएपछि लिङ्देनले आफूलाई जेल हाल्न चेतावनी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]