२२ कार्तिक २०८३, आइतबार
08-11-2026 , Sun
×

नेपाल प्रहरीमा रिक्त ६ जना एआईजीका लागि ३ ब्याचका डीआईजीहरू कडा प्रतिस्पर्धामा,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र १७, २०८१

काठमाडौं । सबैभन्दा अगाडी तीनजना छन्। चन्द्र कुबेर खापुङ,लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेल। उनीहरू २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकमा भर्ना भएका हुन्। खापुङ र आचार्य २०७९ चैत ३० गते डीआईजीमा बढुवा भएका हुन्। शर्मा भने त्यतिबेलाको बढुवामा छुटेर २०८१ जेठमा मात्रै डीआईजी भए।

खापुङ अहिले सीआईबीमा, आचार्य मधेस प्रदेश प्रमुख र शर्मा बागमती प्रदेश प्रहरी प्रमुख छन्। यी तीनै जना प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँगै प्रहरी निरीक्षकमा प्रतिस्पर्धा गरेका हुन्। वैकल्पिक सूचीमा रहेका उनीहरू साढे ७ महिनापछि मात्रै भर्ना भए।

संसदमा पेस भइसकेको प्रहरी विधेयक आगामी भदौ १९ सम्ममा पारित भएर कार्यन्वयनमा आएन भने उनीहरूमध्ये एकजना प्रहरी महानिरीक्षक बनेर २ महिना संगठनको नेतृत्व गर्ने अवसर पनि पाउनेछन्।

यी बाहेक दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारीको एआईजी बन्ने सम्भावना छ। २०५२ को टोलीबाट पनि एआईजी बन्ने छन्। त्यो टोलीबाट सिद्धिविक्रम शाह एआईजी बन्ने प्रबल सम्भावना देखिन्छ। शाहसहित उनको ब्याचका ५ जना २०८१ मंसिरमा डीआईजीमा बढुवा भए। उनीसँगै बढुवा भएका सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक पनि एआईजीको लागि लबिइङमा छन्।

२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएको सिद्धिविक्रम शाहसहितको टोली पनि एआईजीको बलियो प्रतिस्पर्धी हो। तर यो टोलीबाट एकजना मात्रै एआईजी बन्ने सम्भावना अहिले देखिएको छ। त्यसमा बलियो प्रतिस्पर्धी पहिलो नम्बरका शाह नै हुन्। उनी एसएसपीसम्म २०५४ सालमा भर्ना भएको टोलीभन्दा अगाडि थिए।

तर यहाँ नेताहरूको चाकर्डी चाप्लुसि कारण र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह मन्त्री हुर्दा यिनिहरूलाइ डीआइजी बढुवामा पछि पारिएको थियो । हाल उनि आफै सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्धा झेलिरहेका छन् । नेपाल प्रहरीमा अहिले एआइजी बढुवाको लागि चलखेल सरू भइरहेको उच्च स्रोतले बताएको छ । जसमध्ये ६ जना एआइजीहरूको दरबन्दी खाली छ ।

राष्ट्रिय अनुसन्धान विभाग (राअवि) मा २०५३ मा सालमा भर्ना भएर पछि नेपाल प्रहरीमा स्थानान्तरण भएको टोलीमाथि पनि तत्कालीन गृहमन्त्री लामिछानेले बक्रदृष्टि राखेका थिए । जसको मारमा एसएसपीहरु सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्बेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलगायत परेका थिए । तत्कालीन गृहमन्त्री लामिछानेले २०५४ को टोलीका तीन जनालाई काखी च्याप्दा उनी त्यसबेला डीआईजी बढुवामा छुटेका थिए । रवि लामिछानेले बिगारेको थिति रमेश लेखक नेतृत्वको गृह प्रशासनले यो बढुवा सिफारिसबाट भने लयमा ल्याउन खोजेको देखिन्छ ।

चैत ४ मा आईजी वसन्तबहादुर कुँवरसहितका उच्च अधिकृत अवकाश भएसँगै खालि भएका ६ एआईजी बढुवाका लागि गृह सचिव गोकर्णमणि दवाडी संयोजकत्वको सिफारिस समितिले मूल्यांकनकार्य अगाडि बढाएको मन्त्रालय स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा चालक तथा सहचालकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत २०८३ कात्तिक २१ गते राप्ती गाउँपालिका–८, सिसहनियामा इलाका प्रहरी कार्यालय सिसहनिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजना तथा राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सञ्चालन […]

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज आजको बैठकबाट भएका २ वटा महत्त्वपूर्ण निर्णय : – *आउने शनिबार, मंसिर २८ गते (नोभेम्बर १४)* फेरि विस्तारित बैठक बस्ने – *त्यही बैठकबाट २३ वटै वडाको वडा इन्चार्ज तोकिने* तपाईं चाहनुहुन्छ भने म यो निर्णयलाई फेसबुक / ग्रुपमा राख्न मिल्ने गरी एउटा छोटो सूचना बनाएर दिन्छु, र आउने […]

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]