२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

बागमती प्रदेश डिआईजी शर्माको प्रमुख आतिथ्यतामा अटो रिक्सा चालक तालिम समापन,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र १७, २०८१

मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हटौंडामा संचालन भएको नेपाल प्रहरीका पूर्व प्रहरी कर्मचारी /अमर प्रहरी परिवार तथा बहालवाला प्रहरी कर्मचारी स्वावलम्बी कार्ययोजना-२०८१ अन्तर्गत १६ कार्यदिनको अटोरिक्सा चालक तालिम प्रथम समूहको आज मिति २०८१।१२।१७ गते बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षकज्यूहरु, प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, प्रशिक्षकहरु तथा तालिममा सहभागी पूर्व प्रहरी कर्मचारी १२ जना र वहालवाला प्रहरी कर्मचारी १३ जना गरी जम्मा २५ जना प्रशिक्षार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
साथै उक्त अवसरमा प्रमुख अतिथिज्यूले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा स्वइच्छुक रूपमा सहभागी भइ कर्मशिल भएर आफ्नो सीप विकास गर्नु भएकोले व्यक्तिगत एवं पारिवारीक जीवन सुखी र खुसिमय बितोस भन्ने शुभकामना समेत दिनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!