२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

पत्रकारको हत्या तथा सञ्चार गृहमा गरिएको तोडफोड,आगजनी बिरुद्ध भालुवाङमा बिरोध कार्यक्रम

Logo
बिदुर एमसी प्रकाशित आइतबार, चैत्र १७, २०८१

 

दाङ । भालुवाङ राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले पत्रकारको हत्या तथा सञ्चार गृहमा गरिएको तोडफोड, आगजनी बिरुद्ध आइतवार राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोकमा बिरोध कार्यक्रम गरेको छ । गत चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरुले एक घरमा आगजनी गरेका थिए । राजावादीहरुको क्रूर व्यवहारको भिडियो खिच्नको लागि आफ्नो पत्रकारिताको धर्म निभाईरहेका एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकलाई ज्युउँदै घरमा आगो लगाएर हत्या गरेको र सञ्चार गृहमा लगाईएको आगजनी तथा तोडफोडका बिरुद्ध मञ्चले निधारमा कालोपट्टी बाँधेर बिरोध जनाएको हो । जनताको हकहित तथा देश निर्माणमा पत्रकारिताको भुमिका निर्वाह गरिरहेका पत्रकारको हत्या, सञ्चार गृहमा गरिएको तोडफोड आगजनीका बिरुद्ध मञ्चले विभिन्न नारा लगाएर विरोध सभा समेत गरेको थियो ।

बिरोध कार्यक्रममा बोल्ने पत्रकारहरुले एक कुशल पत्रकारिताको भुमिका निर्वाह गरिरहेका पत्रकारको आगोमा जलाई गरिएको हत्या तथा जनताको हकहित, राष्ट्र निर्माणमा पत्रकारिताको क्षेत्रबाट ठुलो भुमिका निर्वाह गरिरहेका सञ्चार गृहमा गरिएको तोडफोड तथा आगजनी निकै निन्दनीय रहेको बताएका छन् । राजावादीहरुले देखाएको त्यो क्रुर अमानवीय व्यवहार, श्रमजीवी पत्रकारको हत्या तथा सञ्चार गृहमा गरिएको तोडफोडको सिङ्गो मञ्चले घोर आपत्ती प्रकट गरेको छ । कलमजीवि पत्रकारलाई आफ्नो कर्म गरिरहेका बेला ज्युउँदै आगोमा जलाई हत्या गर्ने तथा सञ्चार गृहमा तोडफोड गर्ने सामन्त राजावादीहरुलाई कडा भन्दा कडा कार्वाही हुनुपर्ने पत्रकारहरुले माग गरेका छन् ।

पत्रकारले अझै आफ्नो कलमको तागत देखाउने बेला आएको छ, यस्ता क्रुर व्यवहार तथा सामन्ती सोच भएकाहरुलाई कलमको सहायताले परास्त गर्नुपर्छ अनि मात्रै पत्रकारीताको धर्म पूरा हुने पत्रकारहरुको भनाई छ । सामन्ती सोच भएका राजावादी तथा घटनामा सङ्लग्नलाई सत्य, तथ्य छानबीन गरि कार्वाही नभएसम्म मञ्चले अझ कडा विरोधका कार्यक्रम गर्ने चेतावनी समेत दिएको छ । विरोध सभालाई मञ्चका प्रमुख संरक्षक महेश रिजाल, अध्यक्ष अर्जुनकुमार अधिकारी, वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्ता, महासचिव ओमप्रकाश गुप्ता, मञ्चका सदस्य तथा प्रेस चौतारी नेपालका पुर्व केन्द्रिय सदस्य विदुर एमसी लगायतका वक्ताहरुले विरोध मन्तव्य व्यक्त गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!