दाङ । तुल्सीपुर ईलाका प्रहरी कार्यालय तुलसीपुरले बुधबार तुलसीपुर उपमहानगरपालिका वडा -१९ बिजौरी उद्योगबाणिज्य संघको सभाहल बिजौरीमा समुदाय-प्रहरी साझेदारी नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको थियोे ।
प्रहरी निरिक्षक अनिल ठकुरीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का (प्रमुख) आतिथ्यतामा भएको नागरिक सुनुवाई कार्यक्रममा सहभागीहरूले तुलसीपुर बजार र बसपार्क भित्र बाहिर अनियन्त्रित तरिकाले पार्किङ गरेका गाडीलाई सम्बन्धित ठाउँमा पार्किङ गर्ने वातावरण मिलाउन माग समेत गरेका थिए । गाउँ घरमा बालविवाह जस्तो कार्यलाई र गाउँको गल्लि-गल्तीमा बसेर गाजा खाने जस्ता कार्यलाई नियन्त्रण गर्न वडा बासी र प्रहरी मिलेर नियन्त्रण, गर्न सकिने सुझाव राखेका थिए । त्यस्तै गरेर दुधरास,बेलझुण्डी,हेमन्तपुर,बिजौरी बजार देखि लिएर तुलसीपुर बजार क्षेत्र सम्म बाटो-बाटोमा रहेका छाडा पशुचाैपाय नियन्त्रण, लगाएत सकेसम्म दिउँसोको समयमा टाइम कार्डलाई पनि लागू गर्नुपर्ने, स्थानीयहरुले सुझाव दिएका थिए । त्यस्तै गरेर तुलसीपुर-१८ मा रहेको ग्वारखोलाबाट दिनरात नदीजन्य पदार्थ उत्खनन तस्करी, नियन्त्रण गर्न तथा बालुवा डुङ्गाहरु उत्खनन गर्ने र यति मात्रै नभएर त्यस गाउँ बस्तीका बासिन्दाहरुलाई रातको समयमा धेरै डिस्टर्ब गर्ने भएकाले यसलाई पुर्ण रुपमा नियन्त्रण गर्नुपर्ने कमान्सिङ खड्काले सुझाव दिनु भएको थियोे । हरेक वडा र गाउँ घरमा सरसफाइमा ध्यान दिनुपर्ने लगायतका सुझाव दिनुभएको थियो । यस्तै गरेर हरेक गाउँ र वडा-वडामा पुर्ण रुपमा सुरक्षा समिति गठन गर्ने र वडा र गाउँ घरमा हुन सक्ने चोरी,डकैती,तस्करी लगाएत अन्य कुराको लागी सहज हुने र प्रहरीलाई सहज तरिकाले काम गर्न सकिने तुलसीपुर उपमहानगरपालिका वडा -१९ मा रहेको बिजौरी उद्योगबाणिज्य संघका (अध्यक्ष) रेश्मीराज खड्काले आफ्नो सुझाव राख्नु भएको थियोे ।
सुझावलाई सम्बोधन गर्दै प्रहरीको मात्रै भुमिका नभएर स्वयम प्रत्येक वडा का जनप्रतिनिधिहरुले र वडा र गाउँ घरमा भैरहेको क्रियाकलापलाई ध्यान दिनुपर्ने खड्काले बताउनु भएको थियोे । यस्तै गरेर उद्योगबाणिज्य संघको तर्फबाट वडा र प्रहरीलाई सघाउनको लागि सदैब लागी पर्ने उहाँले जानकारी दिनु भएको थियो ।
भने यस समुदाय-प्रहरी साझेदारी नागरिक सुनुवाई कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधित्वहरु लगायत वडा-१९ का (अध्यक्ष) प्रेमनाथ योगि,वडा-१८ का (अध्यक्ष) माधब वली,वडा-१७ का (अध्यक्ष) थलराज पुरी लगायत टोल अध्यक्ष,पत्रकारहरुको पनि सहभागी रहेको
थियोे ।
सहभागीहरूको सुझावलाई सम्बोधन गर्दै प्रहरी निरिक्षक ठकुरीले यातायात समिति र होटल व्यवसायी समिति सँगको सहकार्यमा बसपार्क क्षेत्र लगायत सडक दुर्घटना न्युनीकरण तुलसीपुर सबै ठाउँको अनियन्त्रित तरिकाले गाडी पार्क रोक्न पहल गर्ने होटल व्यवसायहरुलाई समयमै बन्द गर्ने प्रक्रिया चाडो भन्दा चाडो लागू हुने जानकारी दिनु भएको थियोे ।
त्यस्तै गरेर उहाँले तुलसीपुर बजार क्षेत्र मात्रै नभएर प्रत्येक वडा र गाउँ घरमा हुने चोरी,डकैती,तस्करी लगाएत जुवा तास खेल्ने जस्तो कार्य जोकोहीले थाहा पाएमा प्रहरीलाई सेवा दिन स्थानीयको सहयोग आवश्यक रहेको बताए ।
समुदाय-प्रहरी साझेदारी नागरिक सुनुवाई कार्यक्रम सञ्चालन भने प्रहरी सैई भरतनाथ योगिले गर्नु भएको थियो ।