बर्दिया । बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्य पक्राउ
कार्यालय समयमै मदिरा सेवन गरी उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गएर अभद्र व्यवहार गरेका आचार्यलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
उपमेयर पाण्डेका अनुसार मदिराको नशामा कार्यकक्षमा आएर टेबल ठोक्दै आर्चाले सडक छाप बनाईदिने, घर जलाईदिने जस्ता धम्की दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । आचार्य आगामी वैशाख १४ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।