२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, चैत्र २१, २०८१

काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई कोठामा बसेर निर्देशन नदिन चेतावनी दिएकी छन् ।

काठमाडौं बिहीबार महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं ३ महिना १४ दिनपछि आज कार्यालय पुगेका थिए । सो क्रममा नगर प्रहरीले उनलाई रोक्न खोजेको थियो।

तर नगर प्रहरीको अवरोधबिच प्रशासकीय अधिकृत गुरागाईँलाई कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा प्रवेश गराएका थिए । प्रवेश गरेलगत्तै बसेको अनौपचारिक बैठकमा उपप्रमुख डंगोलले प्रमुख शाहलाई यस्तो चेतावनी दिएकी हुन् ।

उनले आजको यो तमासा मेयरको आदेश हो भने मेयर अघि आउनुपर्ने नभए होइन कोठामा बसेर आदेश दिन नपाइने बताइन‍्। उनले भनिन्, ‘यो तमासा हामीले हेर्नुपर्नेरु मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ। होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन। पहिला आजको विषय समाधान गर्छौं। त्यसपछि बोर्ड बैठक बस्छौँ। आजका लागि यो समस्या समाधान गर्नुपर्छ।’

उनले यस्तो मनमुटाव संस्थाभित्र हुन नहुने भन्दै प्रमुख प्रशासकीय अघिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको धारणा पनि राखिन्। महानगरवासीको हित चाहने हो भने सबै एकजुट हुनुपर्ने उनको धारणा थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!