दाङ । घोराही उपमहानगरपालिकाको संयुक्त बजार अनुगमन टोलीले घोराही वडा नम्बर १५ क्षेत्रभित्रका आधा दर्जन बढी जनरल स्टोर, मार्ट तथा थोक बिक्रेता पसल व्यवसायहरुको अनुगमन निरिक्षण गरि त्यहाँ देखिएका कमि कमजोरीहरुलाई तोकिएको अवधिमा ब्यबस्थित गर्न निर्देशन दिनुका साथै, करिव ६०००/- बराबरको अखाद्य तथा म्याद नाघेका खाद्य पदार्थहरु नियन्त्रणमा लिइ नस्ट गरेको छ ।

साथै, घोराहीका अधिकाम्श मार्ट तथा जनरल स्टोरहरुले प्याकेजिङको अनुमति नलिई आफै प्याकिङ र लेवलिङ्ग गरेको पाइएकाले त्यसो नगर्न र गर्नुपरेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट प्याकेजिङको इजाजत लिएर मात्र प्याकेजिङको व्यवसाय सन्चालन गर्न व्यवसायीहरुलाई अनुरोध गरिएको छ ।