२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

नेपालगन्ज पुगेर प्रचण्डले भने आफूहरूबाट केही गल्ती भएको स्वीकार गर्दै समयमै सच्चिन तयार रहेको बताए,

Logo
ज्ञानु ठाकुर प्रकाशित बिहिबार, चैत्र २१, २०८१

 

बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रवादी र राजावादी यतिबेला आमने–सामने भएको टिप्पणी गरेका छन्।

गणतन्त्रवादी र राजतन्त्रवादी बीचको फैसला जनताले मात्रै गर्ने उनको भनाइ छ। जनतासँग माओवादी तराई मधेश जागरण अभियान अन्तर्गत ‘नागरिक अन्तर संवाद कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गणतन्त्रको सच्चा पहरेदार माओवादी नै भएको भन्दै अहिले राजवादीप्रति अझ बढी आमने–सामने आफ्नो पार्टी मात्रै भएको दाबी गरे।

आफूहरूबाट केही गल्ती भएको स्वीकार गर्दै समयमै सच्चिन तयार रहेको उनले बताए। ‘हामीले भनिराख्या छौँ, गल्ती हामीबाट भयो, हामी सच्चिन चाहन्छौँ, आत्मालोचना गर्छौँ भनेका छौँ, सच्चिने मौका दिनुस्,’ उनले भने ‘हामी राजनीतिक पार्टीहरूले चाहिने भन्दा बढी सहकार्य गर्दा धुलो मैलो भयौँ, जनतामा कन्फ्युजन भयो, फेरी जनताको कुरा सुन्ने हामीले प्रयास गर्नुपर्छ, देशलाई बचाउनुपर्छ।’

जनताले लोकतन्त्र, गणतन्त्र र नेताहरूलाई सबै उस्तै भनेर भाष्य निर्माण गरी तानाशाहलाई मलजल गर्ने काम गर्न नगर्न पूर्वप्रधानमन्त्री दाहालले आग्रह गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]