२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

दुर्घटनामा पक्राउ परेका चालकको रिहाइको माग गर्दै कञ्चनपुरका यातायात मजदुरहरूद्वारा सडक अबरुद्ध,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र २२, २०८१

 

काठमाडौं । बिहीवारदेखि जिल्लाका सवारी मजदुरहरूले महेन्द्रनगर बसपार्क र पूर्वपश्चिम महेन्द्र राजमार्गका विभिन्न स्थान अवरुद्ध पारेका छन्।

गत माघ १९ गते महेन्द्रनगरबाट धनगढी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४४७ नम्बरको बसले कृष्णपुर नगरपालिका–२, बंकमा सोही दिशामा आइरहेको प्रदेश ३०२०१२ प ९४०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त दुर्घटनामा मोटरसाइकल चालक सनत रेग्मी र सवार कमलकान्त जोशी सामान्य घाइते भएका थिए। उनीहरूको उपचार धनगढीस्थित निसर्ग अस्पतालमा गरी घर फर्काइएको छ।

तर, डिस्चार्ज भइसकेका जोशीले इलाका प्रहरी कार्यालय झलारीमा अंगभंगको मुद्दा दर्ता गरेपछि चालकलाई प्रहरीले पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरेको छ। यातायात मजदुर संगठनहरूले चालक अवस्थीलाई बिना प्रमाण अनावश्यक रूपमा हिरासतमा राखिएको आरोप लगाएका छन्।

मजदुर संगठनहरूले विज्ञप्ति जारी गर्दै अदालतमार्फत चालक अवस्थीलाई अन्यायपूर्वक थुनामा राखिएको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले अवस्थीको अविलम्ब रिहाइको माग गर्दै चरणबद्ध आन्दोलनको चेतावनी समेत दिएका छन्।

यातायात व्यवसायीहरूले महेन्द्रनगर बसपार्कसहित पूर्वपश्चिम महेन्द्र राजमार्गको चम्पापुर, भासी पुल लगायतका क्षेत्रमा सडक अवरोध गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले अवरुद्ध राजमार्ग खुलाउन व्यवसायीहरूसँग छलफल भइरहेको जानकारी दिएका छन्।

संयुक्त आन्दोलनमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल ट्रेड युनियन महासङ्घ, समन्वय समिति, कञ्चनपुरको सहभागिता रहेको छ। आन्दोलनकारीहरूले चालक अवस्थीको शीघ्र रिहाइ नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!