काठमाडौं । केन्द्रीय सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै रास्वपा सभापति रवि लामिछानेलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।
सभापति लामिछाने पक्राउ परेलगत्तै रास्वपाको सचिवालय बैठक बसेको थियो ।
बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।