काठमाडौं । शुक्रबार राति निवासबाटै पक्राउ परेका उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट निकालेर त्रिभुवन विमानस्थल पुर्याइएको हो । शुक्रबार राति उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो ।
उनलाई ८ बजेको उडानमार्फत भैरहवा लैजनाने तयारी गरिएको थियो । तर, केही समय उडान डिले भएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालतको आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीले थुनामै राख्न आदेश दिएका हुन् ।
यसअघि सुप्रिम सहकारी ठगीको मुद्दामा गत माघ १३ मा रूपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो ।