२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

तालिबानले अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार कब्जा गरेको समाचार बाहिर आयो

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र २४, २०८१

 

काठमाडौं । तालिबान अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीका अनुसार हराएका हतियारमध्ये केही अल कायदाका लडाकुसम्म पुगेका छन् ।

तस्करीको माध्यमबाट ती हतियार आतंकवादी संगठनहरुसम्म पुगेको अनुमान संयुक्त राष्ट्रसंघको छ ।

एक पूर्व अफगानी अधिकारीले बिबिसीलाई बताए अनुसार तालिबानले सन् २०२१ म अफगानिस्तानमाथि पुनः नियन्त्रणमा लिने बेला १० लाख सैन्य हतियार बुझेका थिए । ती अधिकांश हतियार अमेरिकाको आर्थिक सहायतामा खरिद गरिएका थिए ।

अमेरिकामा निर्मित एम फोर, एम १६ राइफलहरू थिए । त्यसबेला अफगानी सैनिक हतियार छाडेर भागेका थिए ।

गत वर्ष दोहामा राष्ट्रसंघीय सुरक्षा परिषदको प्रतिबन्ध समिति बैठकमा तालिबान अधिकारीले आफूहरूले सत्तामा आउने बेला बुझेका १० लाखमध्ये ५ लाख हतियार हराएको स्वीकार गरेका थिए ।

राष्ट्रसंघले गत महिना जारी गरेको एक रिपोर्टमा अल कायदासँग सम्बन्धित संगठनले कालो बजारीबाट ती हतियार किनेको उल्लेख गरेको छ ।

यसमा पाकिस्तानको तहरिक ए तालिबान, उज्बेकिस्तानको इस्लामिक मुभमेन्ट, इस्ट तुर्किस्तान इस्लामकि मुभमेन्ट र यमनको अन्सरुल्लाह मुभमेन्टजस्ता संगठनहरु पर्छन् ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!