२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

ओली नेतृत्वको गठबन्धन सरकारका करण प्रतिगामी शक्तिहरु सलबलाएको प्रचण्डको आरोप,

Logo
ABC (भन्डाफोर) प्रकाशित आइतबार, चैत्र २४, २०८१

 

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको गठबन्धन सरकारका करण प्रतिगामी शक्तिहरु सलबलाएका आरोप लगाएका छन् ।

आइतबार काठमाडौँमा नेवार राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओली सरकारको अलोकतान्त्रिक, अपारदर्शी तथा असंवैधानिक कामका कारण प्रतिगामी शक्तिले टाउको उठाएको आरोप लगाएका हुन् ।

उनले भने, ‘प्रतिगामी शक्तिले टाउको उठाउने मुख्य कारण काँग्रेस एमाले नेतृत्वको गठबन्धन सरकार हो । आफ्ना जतिसुकै भ्रष्ट भए पनि जोगाउने, अन्यका जतिसुकै राम्रो भए पनि लखेट्ने जुन तरिका यो सरकारले गरेको छ । हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै विचौलीय र भ्रष्ट दलालहरूले षड्यन्त्रपूर्वक हटाए । असंवैधानिक, अलोकतान्त्रिक र अपारदर्शी काम गरे त्यसले जनतामा निकै आक्रोश छ ।’

उनले प्रतिक्रियावादीलाई चैत १५ गते एउटा म्यासेज त दिएको भन्दै उनले प्रतिक्रियावादीलाई ठुलो धक्का दिने गरी सम्मेलनको बेला देशभरबाट काठमाडौँमा आउन आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!