२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बल्खु क्षेत्रको अनुगमन अराजकता र हिंसामा विश्वास नराख्ने स्पष्ट,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र २५, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले अराजकता र हिंसामा विश्वास नराख्ने स्पष्ट पारेका छन्।

उनले पार्टीका सबै कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन हुने बताउँदै भोलि बल्खु क्षेत्रमा आयोजना हुने प्रदर्शन पनि अहिंसात्मक र भद्र रूपमा सत्याग्रहको स्वरूपमा अघि बढ्ने दाबी गरे।

“हामी कुशासन र भ्रष्टाचारको अन्त्य चाहन्छौँ। यस अभियानमा सहभागी हुन राप्रपाको झण्डा, नेपालको राष्ट्रिय झण्डा वा कांग्रेस, एमाले, माओवादीका समर्थक भए पनि हाम्रा मुद्दालाई समर्थन गर्ने जो कोहीलाई आह्वान गर्छु,” लिङ्देनले भने।

उनले देश बनाउने र बचाउने अभियानमा सबैलाई आफ्नै झण्डासहित सहभागी हुन आग्रह गरे।

यसैबीच, अध्यक्ष लिङ्देनले गत चैत १५ गते भएको प्रदर्शनमा राज्यले नै हिंसा भड्काउन खोजेको आरोप लगाए। उनले हिंसात्मक गतिविधि गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनीसमेत दिए।

राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भोलिको बल्खु क्षेत्रको कार्यक्रमको तयारीस्वरूप स्थलको अनुगमन गरिएको जानकारी दिए।

काठमाडौँ प्रहरी प्रमुख र मातहतका प्रहरी अधिकारीहरूसँग छलफल गरी प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आवश्यक समन्वय गरिएको उनको भनाइ छ।

राप्रपाले कुशासन र भ्रष्टाचारविरुद्ध आफ्नो अभियानलाई सशक्त बनाउँदै देशव्यापी प्रदर्शनको घोषणा गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!