२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

मंगलबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, चैत्र २६, २०८१

मेष -आज तपाईंको आत्मविश्वास र मनोबल बढ्नेछ। कामको क्षेत्रबाट राम्रो समाचार सुन्न पाइनेछ। विगतमा रोकिएका कामहरू अघि बढ्ने संकेत छ। सानो यात्राबाट लाभ मिल्ने सम्भावना छ। दाजु-भाइ वा साथीभाइको सहयोग पाइनेछ।

वृष -पारिवारिक वातावरण सुखद रहनेछ। दाम्पत्य जीवनमा मिठास बढ्नेछ। प्रेम सम्बन्धमा नयाँ ऊर्जा आउनेछ। व्यापार व्यवसायमा लाभ मिल्ने संकेत छ। पुराना विवादहरू समाधान तर्फ जानेछन्।

मिथुन-थोरै व्यस्तता बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुपर्छ। खानपान र आराममा विशेष ध्यान दिनुहोला। दैनिक काममा केही ढिलाइ र अवरोध आउन सक्छ। धैर्य र संयमता आवश्यक छ।

कर्कट -आज मन प्रसन्न रहनेछ। नयाँ योजना र अवसरहरू देखा पर्नेछन्। साथीभाइ र परिवारको साथले आत्मबल बढ्नेछ। रमाइलो भेटघाट वा कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ।

सिंह -आजको दिन मिलेजुलेको रहनेछ। आर्थिक हिसाबले सामान्य नै देखिन्छ। घरपरिवारमा कामको चाप बढ्न सक्छ। पुराना जिम्मेवारी पूरा गर्ने समय हो। सबैसँग मधुर व्यवहार गर्नु उपयुक्त हुनेछ।

कन्या -सकारात्मक सोच र योजनाले सफलता दिनेछ। नयाँ कुरा सिक्ने मौका मिल्नेछ। धार्मिक र सामाजिक काममा मन लाग्न सक्छ। यात्रा लाभदायक बन्नेछ।

तुला -खर्च बढ्ने देखिन्छ। योजना अनुसार काम नगरे परिणाम उल्टो पर्न सक्छ। स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्छ। पैसाको लेनदेनमा सावधानी अपनाउनुहोला।

वृश्चिक -आत्मबल र मेहनतले राम्रो फल पाइनेछ। मान्यजनको सुझाव फलदायी हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ। नयाँ अवसरहरू हात लाग्ने योग छ। शुभ समाचार सुन्न पाइनेछ।

धनु -पुराना प्रयासको राम्रो नतिजा आउनेछ। पद, प्रतिष्ठा वा सम्मान पाइने योग छ। धार्मिक कार्य र सामाजिक सेवामा मन लाग्नेछ। नयाँ योजना र कामको थालनीका लागि राम्रो समय।

मकर -आर्थिक लाभको राम्रो सम्भावना छ। व्यापार व्यवसाय वा काममा सफलता मिल्नेछ। पदोन्नति वा प्रशंसा पाउने समय। बौद्धिक क्षमता र व्यवहारले सबैलाई प्रभावित पार्न सकिनेछ।

कुम्भ -साझेदारी र समूहगत कामबाट लाभ मिल्नेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। मनमा नयाँ योजना पलाउनेछ। साथीभाइ र आफन्तसँगको भेटघाट रमाइलो हुनेछ।

मीन -आर्थिक लाभ र नयाँ अवसरको संकेत छ। पारिवारिक वातावरण सकारात्मक रहनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। नयाँ सम्बन्ध वा मित्रता बन्ने सम्भावना छ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद् ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।

मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!