२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

राप्रपाले आज बल्खुमा प्रदर्शन र आमसभा गर्दै दुई हजार सुरक्षाकर्मीहरु परिचालन,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र २६, २०८१

 

काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टी सुरुमा भृकुटीमण्डपमा गर्ने भनिएको प्रदर्शन स्थानीय प्रशासनले अनुमति नदिएपछि राप्रपाले बल्खुमा गर्न लागेको हो।

प्रचार विभाग प्रमुख तथा पार्टी प्रवक्ता मोहन श्रेष्ठलेले आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी रहेको बताएका छन्।

‘चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुने छ,’ श्रेष्ठले भने, ‘प्रशासन सुरक्षाको कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो।’

सो प्रदर्शनलाई सफल बनाउने पूर्व तयारीका लागि हिजो केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसमितिको बैठक पनि बसेको थियो। बैठकले प्रदर्शन र आमसभालाई सभ्य बनाउने निर्णय गरेको थियो।

दुर्गा प्रसाईं नेतृत्वमा गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राजेन्द्र लिङ्‌देन नेतृत्वको राप्रपाले आजको प्रदर्शन अनुशाषित बनाउन विशेष जोड दिइने बताइएको छ।

यस्तै सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने भएका छन्। सभास्थल वरपर दुई हजार संख्यामा प्रहरी खटाइने छ भने सीसीटीभी र ड्रोनबाट समेत निगरानी गर्ने तयारी छ।

प्रदर्शन अवधिलाई मध्यनजर गर्दै सवारी साधनलाई डाइभर्सनको व्यवस्था पनि मिलाइएको ट्राफिक प्रहरीले बताएको छ। जस अनुसार खसिबजार–मकालु–कलंकी चोक–बाफलमा डाइभर्सको एउटा रुट तय गरिएको छ। त्यस्तै, बल्खु चोक–कुलेश्वर–कालिमाटी चोक हुँदै टेकुमा पनि डाइभर्सन गरिने बताइएको छ। कीर्तिपुर–सुन्दरीघाट–सानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ।

आवश्यक परेको खण्डमा त्रिपुरेश्वर–बालाजु–हलचोक–नैकाप हुँदै सितापाईला र चोभार–फर्पिङ–नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!