२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

पक्राउ परेका कोहलपुरबाट राप्रपाका कार्यकर्ताहरु रिहा 

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, चैत्र २६, २०८१

बाँके । कोहलपुरबाट प्रहरीले आधा दर्जन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता-कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका उनीहरुलाई करिब ४ घण्टा नियन्त्रणमा लिएर प्रहरीले नेपालगन्ज लिएर रिहा गरेको हो।

गत चैत १५ गते काठमाडौंको तीनकुनेको प्रदर्शनपछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री तथा सांसद डा.धवल शम्शेर राणा लगायतको रिहाईको माग राख्दै आज कोहलपुरमा गरिएको चक्काजामका क्रममा प्रहरीले राप्रपा लगायत प्रजातान्त्रिक युवा संगठनका नेता-कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो।

चक्काजाम गरेकै स्थल कोहलपुरबाट बिहान साढे ९ बजे पक्राउ परेका राप्रपा बाँकेका सचिव रुद्रमणि न्यौपाने, कोषाध्यक्ष भरतध्वज शाही, राप्रपा बाँकेका युवा नेता तथा प्रजातान्त्रिक युवा संगठन लुम्बिनी प्रदेश सचिव ध्रुव बर्मा, प्रजातान्त्रिक युवा संगठन बाँके अध्यक्ष युवराज शाहीसहित ६ जनालाई पक्राउ गरेर नेपालगन्ज लिएर आज दिउँसो साढे १ बजे रिहा गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रजातान्त्रिक युवा संगठन लुम्बिनी प्रदेश सचिव बर्माका अनुसार चक्काजामको कार्यक्रम सकिएपछि प्रहरीले सबैलाई रिहा गरेको हो।

राजावादी समूहले गरेको प्रदर्शनपछि पक्राउ परेका उपाध्यक्ष मिश्र र महामन्त्री राणा लगायतलाई रिहा नगरिए चरणबद्द आन्दोलन गर्ने राप्रपा बाँकेले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।  देउवा गत भदौ २४ गते जेनजी आन्दोलन क्रममा गम्भीर घाइते भएका थिए।

दाङ । घोराही खेलकुदको माध्यमबाट आपसी मित्रता, सहकार्य र स्थानीयस्तरमा फुटबलको विकास गर्ने उद्देश्यले घोराहीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘घोराही बनाऔँ अभियान’ र लुम्बिनी फुटबल एकेडेमीको संयुक्त आयोजनामा शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो। घोराही बनाऔँ अभियान र लुम्बिनी फुटबल एकेडेमीको अफिसियल टोलीबीच हुने प्रतियोगिता घोराही उपमहानगरपालिका–१७ उखुबारीस्थित लुम्बिनी फुटबल एकेडेमीको […]

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]