२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

बर्दियामा प्रहरीमाथि आक्रमण गर्ने पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र २७, २०८१

 

बर्दिया । गुलरिया प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई कारबाही गरेको छ । मंगलबार पक्राउ परेका ६ जनामध्ये एक जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ ।

गुलरिया नगरपालिका–४ बेलौलीका बाबुराम गोडियालाई नियन्त्रणमा लिई प्रहरीले मुद्दा चलाएको हो । पक्राउ परेका अन्य पाँच जना प्रहरीमाथि हातपात नगरेको खुलेपछि तारिखमा छोडेको प्रहरीले जनाएको छ । प्रहरीमाथि आक्रमण गर्ने अन्य फरार व्यक्तीहरुको तीव्र रुपमा खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

सोमबार राति गोडियाले आफ्नो छोराको मुन्डनको अवसरमा राति अबेरसम्म चर्को आवाजमा डिजे बजाई ध्वनि प्रदुषण गराएको गुनासो आएपछि प्रहरी टोली खटिएको थियो ।

प्रहरीले ध्वनि प्रदुषण नगर्न सम्झाउँदा घरधनि गोडियालगायतका व्यक्तिहरु प्रहरीमाथि लाठी तथा ढुंगा–मुढा प्रहार गरेका थिए ।

प्रहरी हवल्दार आरिफ अली बेहेनाको टाउकोमा चोट लागि औषधी उपचार भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी उक्त घटनामा एक जना प्रहरी जवान सामान्य घाइते भएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!