२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

काठमाडौं उपत्यकामा वर्षा जारी

Logo
Abc Sanchar प्रकाशित बुधबार, चैत्र २७, २०८१

 

काठमाडौं । उपत्यकामा लामो समयपछि भएको वर्षाले देशभर बढेको वायु प्रदूषणको स्तर घट्ने अपेक्षा गरिएको छ।

बुधबार बिहानदेखि पूर्वी तराईका झापा, मोरङलगायत जिल्लाहरूमा पनि मेघगर्जनसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव छ।

मौसमविद् गोविन्द झाले वर्षाको क्रम भोलि (बिहीबार) सम्म पनि जारी रहने बताए। उनले भने, “आज दिउँसोदेखि सुरु भएको वर्षा बिहीबार बेलुका सम्म रहनेछ।”

देशभर वर्षा केही दिनसम्म सक्रिय रहने भए पनि काठमाडौंमा भने एक–दुई दिन मात्र प्रभाव रहने उनको भनाइ छ।

काठमाडौं उपत्यकामा वर्षा नहुँदा केही दिनयता वायु प्रदूषणको स्तर उच्च थियो। प्रदूषणका कारण आँखा पोल्ने, टाउको दुख्ने जस्ता स्वास्थ्य समस्या देखिएका थिए।

आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भएको छ। वर्षाले काठमाडौंलगायत प्रदूषण बढी भएका सहरहरूमा वायुको गुणस्तर सुध्रने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!