२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

रिगल पुनरावलोकनको मागसहित सर्वोच्च अदालत पुगे बृहत् पूर्ण इजलासमा पठाउने आदेश,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, चैत्र २७, २०८१

काठमाडौं । नेपालगन्जका चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका रिगल ढकाल पुनरावलोकनको मागसहित सर्वोच्च अदालत पुगेका छन्। यो विषयलाई बृहत् पूर्ण इजलासमा पठाउने आदेश भएको सर्वोच्चले जनाएको छ।

उच्च अदालत नेपालगन्जको आदेशलाई चुनौती दिँदै ढकालले सर्वोच्चमा पुनरावेदन गरेका थिए। तर, सरकारबाट कैद छुट पाउने भएपछि उनले १० भदौ ०८० मा मुद्दा फिर्ता लिएका थिए। जसपछि ३ असोजमा उनको कैद मिनाहा भएको थियो। यद्यपि, मृतक मानन्धरको तर्फबाट भारती शेर्पाले रिट दर्ता गराएपछि सर्वोच्चको पूर्ण इजलासले उक्त निर्णय उल्ट्याएको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिको कार्यालयबाट भएको निर्णय न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले माफी गरिएको कैद असुलउपर गर्न आदेश दिएको थियो। सरकारले ढकालको ११ वर्ष ११ महिना पाँच दिन कैद माफ गरेकोमा आइन्दा यस्तो निर्णय गर्दा कानुनद्वारा निर्धारित प्रतिशतको बन्देज, पीडितको हक संरक्षणका साथै उनको मञ्जुरी लिई, नजिर र यसअघिका आदेशसमेत ध्यानमा राखी मात्र निर्णय गर्न परमादेश जारी भएको थियो।

यही फैसलाविरुद्ध ढकाल पुनरावलोकनमा गएका हुन्। १६ कात्तिक ०८० मा सर्वोच्चले यस्तो आदेश गरेकोमा पुनरावलोकनको निस्सा माग गर्दै ढकालले निवेदन दर्ता गराएका थिए। यो निवेदन उनले गत २५ कात्तिकमा दर्ता गराएको पनि यही २१ चैतमा मात्र पहिलो पेसी चढेको थियो।

न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुँयाल र नृपध्वज निरौलाको इजलासले बृहत पूर्ण इजलासमा पठाउन आदेश दिएको हो। ‘तीनजनाको पूर्ण इजलासले यसअघि पनि हेरिसकेकाले पहिलेको एउटा नजिरअनुसार बृहत् पूर्णमा पठाउने आदेश भएको हो,’ सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले भने।

यसअघि बृहत् पूर्ण इजलासबाट गणेश पन्जियारविरुद्ध न्यायपरिषद् भएको मुद्दामा प्रतिपादित नजिरअनुसार बृहत् पूर्णमा पठाउने आदेश भएको हो। तीनसदस्यीय पूर्ण इजलासबाट भएको निर्णयउपर परेको पुनरावलोकनको निवेदनको सुनुवाइ सो फैसला गर्ने न्यायाधीशको संख्याभन्दा बढी संख्या रहेको इजलासबाट हुने गरेको पूर्वअभ्यास एवं न्यायिक परम्परा रहेकाले उक्त इजलासमा पठाइएको हो। अब बृहत् पूर्णले नै निस्सा दिने वा नदिने सम्बन्धमा निर्णय गर्नेछ।

ढकाललाई सरकारले कैद माफी दिई सर्वोच्चले उक्त निर्णय उल्टाए पनि यसै मुद्दाका अन्य प्रतिवादीहरूको मुद्दा भने हाल पनि सर्वोच्चमा विचाराधीन छ। ०६७ असारमा ढकालसमेतका व्यक्तिले मानन्धरको हत्या गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!