२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

हिजो राति हावाहुरीले पोलहरू ढालेपछि नेपालगन्ज क्षेत्रको विद्युत् सेवा अवरुद्ध

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, चैत्र २८, २०८१

बाँके । नेपालगन्जमा हिजो (बुधबार) राति करिब ९ बजे ठुलो हावाहुरीसँगै वर्षा भएको थियो। विद्युत् सेवा अवरुद्ध हुँदा बिहीबार रातभर नेपालगन्ज क्षेत्र अन्धकार बन्यो। हावाहुरीले जिल्लाका विभिन्न स्थानमा घर तथा टहरामा पनि क्षति पुर्याएको छ। अधिकांश ठाउँमा टिनका छाना पनि उडाएको छ। यस्तै किसानले भित्र्याउन लागेको गहुँ, मसुरो, अरहर लगायत बालीनालीमा पनि हावाहुरी र वर्षाले असर गरेको छ।

हावाहुरी र वर्षा अझै पूर्ण रूपमा रोकिएको छैन। हावाहुरी र वर्षाका कारण हवाई सेवा समेत प्रभावित बन्न पुगेको छ। हावाहुरी र वर्षा नरोकिँदा विद्युत् सेवा सञ्चालन गर्न कठिनाइ भएको छ। हावाहुरीले ३३ केभी प्रसारण लाइनको पोल तथा टावरहरूमा क्षति पुगेकाले विद्युत् सेवा अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ।

केन्द्रले सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। ‘नेपालगन्ज लगायतका विभिन्न स्थानमा हाम्रा विद्युत् सेवाहरू प्रभावित हुन गएको जानकारी गराउन चाहन्छौँ, सेवा प्रवाहमा असर पुग्न नदिन हर सम्भव प्रयास पनि जारी रहेको छ,’ केन्द्रद्वारा जारी सूचनामा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!