दाङ । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप आज मिति २०८१।१२।२७ गते जिल्ला प्रहरी कार्यालय दाङको समिक्षालय हलमा जिल्ला प्रहरी कार्यालय दाङको आयोजना तथा कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिना, नेपाल सुनचाँदी व्यवसायी संघ लुम्विनी प्रदेश अध्यक्ष ध्रुव कुमार गहतराज, नेपाल सुनचाँदी व्यवसायी संघ दाङ घोराहीका अध्यक्ष विनोद कुमार वि.क. लगायत
पदाधिकारीहरु, सुनचाँदी व्यवसायीहरु, प्रहरी अधिकृतहरु लगायतको सहभागितामा चोरी रोकथाम तथा अनुसन्धानमा सुनचाँदी व्यवसायीहरुको भूमिका लगायत विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्नुको साथै विल विनाको सुनचाँदी खरिद नगर्न, संकास्पद व्यक्ति भएमा प्रहरीलाई खवर गर्न, सि.सि.टि.भि. क्यामेरा जडान गर्न अनुरोध गरिएको हो ।