२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

दुई साता अघि म्यानमारमा गएको शक्तिशाली भूकम्पमा परेर मृत्यु हुनेको संख्या ३ हजार ५९१

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र २९, २०८१

काठमाडौं । म्यानमारको परराष्ट्र मन्त्रालयका अधिकारी वाई ल्वीनले दिएको जानकारी, बुधबार रातिसम्म भूकम्पमा परेर ४ हजार ८१४ जनाको मृत्यु भएको छ भने १४८ जना सम्पर्कविहीन छन् । ४९ हजार ८५७ घरमा क्षति पुगेको छ भने ५ लाख २४ हजार ६२४ जना प्रभावित भएका छन् ।

मृत्यु हुनेमध्ये १८ जना बर्माका नेपालीभाषी नागरिक रहेको म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले अनलाइनखबरलाई बताए । ‘म्यानमारमा करिब २ लाख नेपालीभाषी छन्, उनीहरू झण्डै १५० वर्षदेखि त्यहाँ बसोबास गर्दै आएको इतिहास छ’, उनले भने, ‘उहाँहरूमध्ये १८ जनाको मृत्यु पुष्टि भइसकेको छ भने अरू केही घाइते र बेपत्ता हुनुहुन्छ ।’

उनका अनुसार, भूकम्पपछि २५० जना नेपालीभाषी नागरिक विस्थापित भएका छन् । उनीहरूका लागि त्यहाँका नेपालीभाषीको संगठन ‘अखिल म्यानमार देशीय गोर्खा हिन्दु धार्मिक संघ’ले अस्थायी बसोबासको व्यवस्था गरेको छ ।

‘भूकम्पबाट घरविहीन हुनुभएकाहरूलाई यो संस्थाले नियमित खाना खुवाएर आश्रय दिइरहेको छ, भूकम्पबाट अति प्रभावित माण्डले क्षेत्रमा यो सहयोग भइरहेको हो’, घिमिरेले सुनाए, ‘उहाँहरूसँग नेपाली दूतावासको तर्फबाट पनि कुराकानी गरेका थियौं, दूतावासको उपस्थितिले पनि दुःखमा मल्हमपट्टी हुन्छ भन्ने हिसाबले त्यहाँ जाने तयारी गरेका छौं ।’

नेपाली दूतावासको तर्फबाट राहत सामग्री लिएर त्यहाँ जान लागेको उनले बताएका छन् । म्यानमारस्थित नेपाली दूतावासका अनुसार, त्यहाँ ५० जना नेपाली नागरिक बसोबास गर्छन् ।

‘तर, उहाँहरू यांगौनमा बसोबास गर्दै आउनुभएकाले त्यति धेरै क्षति भएन, हाम्रो दूतावास पनि त्यहीँ छ’, राजदूत घिमिरेले थपे, ‘नेपाली नागरिकहरूमध्ये कतिपय यूएन एजेन्सी, कतिपय बैंकिङ क्षेत्र त कतिपय व्यवसाय गरेर बसिरहनु भएको छ ।’एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!