२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

सामुदायिक प्रहरी सेवा केन्द्र,ईचंगुनारायणद्वारा रुद्री,होम,नागरिक सम्मान,स्वास्थ्य शिविर भित्ते पात्रो विमोचन,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र २९, २०८१

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, ईचंगुनारायणद्वारा आयोजित रुद्री, होम,नागरिक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रुद्री, होम, नागरीक सम्मान, स्वास्थ्य शिविर तथा भित्ते पात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्थानिय स्तरबाटै अपराध रोकथाम र नियन्त्रण गर्न नेपाल प्रहरीको एकल प्रयासबाट मात्र सम्भव नहुने हुँदा स्थानिय जनसमुदायको समेत भूमिका महत्वपूर्ण रहेकाले नागरिकहरुको सूचना र सहकार्यले मात्र समाजमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सकिने बताउनुभयो । साथै कुनै निस्चित घर,परिवार तथा समुदाय मात्र नभई समग्र राष्ट्रलाई नै असर गर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषध दुर्व्यवसनको वर्तमान अवस्थालाई मध्यनजर गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम सञ्चालन गरेकोमा यस अभियानलाई सफल बनाउन सामुदायिक सेवा केन्द्रको साथ, सहयोग, सहकार्य र समन्वय आवश्यकता रहेको बताउनु हुदै लागूऔषध सेवनकर्ताहरुलाई समुदाय स्तरमै अनुशिक्षणका साथै सामाजिक पुन:स्थापना गर्ने गरी समुदाय स्तरबाटै लागूऔषध दुर्व्यवसनको निराकरण गरी नेपाल प्रहरीको “सुरक्षित उपत्यका : हाम्रो प्रतिवद्धता” अभियानलाई सहयोग गर्नु हुन समेत उपस्थित सबैमा अनुरोध गर्नु भयो ।
नागार्जुन नगरपालिका वडा नं. १,२ र ३ का स्थानिय जेष्ठ नागरिकलाई सम्मान गरिएको उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचगुंनारायणका अध्यक्ष प्रताप दानी, जिल्ला प्रहरी परिसरका काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी,बाचन पण्डित दिन बन्धु पोख्रेल, सिनियर प्रहरी अधिकृतहरु, सामुदायिक प्रहरी सेवा केन्द्रका संरक्षक तथा पदाधिकारीहरु, नागरिक समाज तथा स्थानिय भद्र भलादमीहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!