२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

नेपाल प्रहरीमा ६० प्रतिशत भन्दा बढी जुनियर र सिनियर प्रहरी अधिकृतहरू असन्तुष्ट किन ?

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र २९, २०८१

नेपाल प्रहरीमा ६० प्रतिशत भन्दा बढी जुनियर र सिनियर प्रहरी अधिकृतहरू असन्तुष्ट किन ?

काठमाडौं । नेपाल प्रहरीमा ६० प्रतिशतभन्दा बढी जुनियर र सिनियर अधिकृतहरू असन्तुष्ट छन्। ९५% प्रहरी जवान हवल्दार हरु अस्तुष्ट छन् ।इमान्दार प्रहरी अधिकृत आफ्नै व्याजी साथी पावर र प्रभाव मा २ तह वढुवा हुदा ऊ तेही पद मा छ यस्तो प्रहरीमा धेरै छ विशेषगरी प्रहरी महानिरीक्षकको बढुवामा त अझ बढी रोष र रुष्टता देखिएको छ। सबैलाई छर्लङ्ग थाहा छ कि वर्तमान बढुवा प्रक्रिया प्रधानमन्त्री र सरकारलाई प्रभावमा पारेर गरिएको हो।

त्यस्तै, न्यायालयमा पनि धेरैजसो माननीय न्यायाधीशहरू न्यायाधीश नियुक्तिको प्रक्रियामा असन्तुष्टि व्यक्त गरिरहेका छन्।

यदि व्यवस्था परिवर्तनको संघारमा पुगियो भने, यी दुई संवैधानिक निकायहरूमा (प्रहरी र न्यायपालिका) विद्रोह हुन सक्छ।
त्यस्तो अवस्थामा, देशमा श्रीलंका वा बंगलादेशभन्दा पनि भयावह र खतरनाक विद्रोह निम्तिनेछ।

त्यतिबेला वर्तमान नेताहरूको चेत खुल्नेछ, तर तबसम्म ढिलो भइसकेको हुनेछ। जनताको विद्रोह चर्किएको बेला, यी नेताहरू भाग्न सक्नेछन्, र बंगलादेशकी हसीना जस्तै भारतमा पुगेजसरि यीनीहरु ले तेहा गयर हामीलाई जोगाइदेऊ, बरु तपाईंको एक प्रान्त बन्छौं” भनेर गुहार्न समय लाग्ने छैन।

त्यसैले, यस्तो अनर्थ नहोस भन्नका लागि अहिलेका नेताहरूलाई नियन्त्रणमा राखी, हिमाली जिल्लाका बुकि, बुट्यान र घासे मैदानमा लगेर भेडाको ऊन प्रशोधन गर्ने काममा लगाउनुपर्छ। लेखक रमेश राज बास्तोला

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!