मेष राशि -आज स्वास्थ्य, शत्रु र ऋण सम्बन्धी कुरामा ध्यान दिनुपर्नेछ। मिहिनेतले सफलता पाउनुहुनेछ। मन अलिक चञ्चल रहन सक्छ।
वृष राशि -प्रेम र सन्तान सम्बन्धि खुशी मिल्ने दिन। पढाइ वा सिर्जनशील काममा मन जानेछ। रमाइलो समय बित्नेछ।
मिथुन राशि -घर-परिवारको सुखमा वृद्धि हुनेछ। माताको माया पाइनेछ। जग्गा, घरजग्गासम्बन्धी काम सफल बन्नेछ।
कर्कट राशि -भाइबहिनी वा साथीहरूको सहयोग मिल्नेछ। छोटो यात्रा लाभदायी बन्न सक्छ। आत्मबल र हिम्मत बढ्ने दिन।
सिंह राशि -बोलीको मिठासले फाइदा मिल्नेछ। पैसाको आगमन देखिन्छ। परिवारसँग मिठासपूर्ण समय बित्नेछ।
कन्या राशि -आज आफैंप्रति विश्वास बढ्नेछ। मनको चाहना पुरा हुने संकेत। शरीर र स्वास्थ्य राम्रो रहनेछ।
तुला राशि -खर्च बढी देखिन्छ। विदेश सम्बन्धी काम बन्ने योग। ध्यान र योगमा मन लगाउनु लाभदायी।
वृश्चिक राशि -इच्छा र आकांक्षा पुरा हुने दिन। साथीसंगीको सहयोग पाइनेछ। धनलाभ र प्रतिष्ठा बढ्ने दिन।
धनु राशि -काम-काजमा सफलता। समाज र कार्यक्षेत्रमा सम्मान मिल्नेछ। उच्च पद वा जिम्मेवारी पाउने सम्भावना।
मकर राशि -भाग्य खुल्ने संकेत। धार्मिक काममा मन जानेछ। गुरुजन वा ठूलाबडाको साथ पाइनेछ।
कुम्भ राशि -स्वास्थ्यमा ध्यान दिनुहोला। गोप्य शत्रु सक्रिय हुन सक्छन्। परिवर्तनको सुरुवात देखिन्छ।
मीन राशि -पति-पत्नी सम्बन्ध राम्रो हुनेछ। साझेदारी वा व्यापारमा लाभ देखिन्छ। प्रतिष्ठा बढ्ने छ ।
माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद् ।
सचिव नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाई जेसिस चोक दाङ । 9848060799