२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

लुम्बिनी प्रदेशका यातायात मन्त्री र सचिव अख्तियारको छानविनमा अनुसन्धान जारी

Logo
ABC (भन्डाफोर) प्रकाशित शनिबार, चैत्र ३०, २०८१

 

काठमाडौं । लुम्बिनी प्रदेशको यातायातमन्त्री प्रचण्ड बिक्रम न्यौपाने तथा सचिव नारद गौतम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनको घेरामा परेका छन् ।
लुम्बिनी प्रदेशका यातायात कार्यालयबाट संगठित रुपमा लाइसेन्सको बिक्री भइरहेको सूचनाका आधारमा आयोगले बृहत छानविन थालेको हो । आयोगले तीन कर्मचारी र एक बिचौलियालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
अन्डरकभर अप्रेसन चलाएर आयोगले बुधबार यातायात व्यवस्था कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोप्राइटर शरदकुमार गोराथोकीलाई पक्राउ गरेको थियो ।

सो कार्यालयमा मासिक तीन करोडसम्म घुसको लेनदेन भइ लाइसेन्स बिक्री हुने गरेको आयोगको दाबी छ । उनीहरुको मोबाइल नियन्त्रणमा लिएर आयोगले छानविन थालेको छ ।जसआधारमा सेटिङको पूरै जालो नै पत्ता लाग्ने सम्भावना छ । आयोगले सुक्ष्म अनुसन्धान गर्दा मन्त्रालयका अधिकारी समेत तानिने स्रोत बताउँछ ।पछिल्लो समय लुम्बिनी प्रदेशका यातायात कार्यालयमा बेथिती मौलाएको थियो । मन्त्रीकै सचिवालयले चलखेलका आधारमा कर्मचारी सरुवा गर्दै आएको थियो । पक्राउ परेका कर्मचारीको लिंक मन्त्रीको सचिवालयसम्म देखिएको अख्तियार स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!