२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

लुम्बिनी प्रदेशका यातायात मन्त्री र सचिव अख्तियारको छानविनमा अनुसन्धान जारी

Logo
ABC (भन्डाफोर) प्रकाशित शनिबार, चैत्र ३०, २०८१

 

काठमाडौं । लुम्बिनी प्रदेशको यातायातमन्त्री प्रचण्ड बिक्रम न्यौपाने तथा सचिव नारद गौतम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनको घेरामा परेका छन् ।
लुम्बिनी प्रदेशका यातायात कार्यालयबाट संगठित रुपमा लाइसेन्सको बिक्री भइरहेको सूचनाका आधारमा आयोगले बृहत छानविन थालेको हो । आयोगले तीन कर्मचारी र एक बिचौलियालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
अन्डरकभर अप्रेसन चलाएर आयोगले बुधबार यातायात व्यवस्था कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगन्जका प्रोप्राइटर शरदकुमार गोराथोकीलाई पक्राउ गरेको थियो ।

सो कार्यालयमा मासिक तीन करोडसम्म घुसको लेनदेन भइ लाइसेन्स बिक्री हुने गरेको आयोगको दाबी छ । उनीहरुको मोबाइल नियन्त्रणमा लिएर आयोगले छानविन थालेको छ ।जसआधारमा सेटिङको पूरै जालो नै पत्ता लाग्ने सम्भावना छ । आयोगले सुक्ष्म अनुसन्धान गर्दा मन्त्रालयका अधिकारी समेत तानिने स्रोत बताउँछ ।पछिल्लो समय लुम्बिनी प्रदेशका यातायात कार्यालयमा बेथिती मौलाएको थियो । मन्त्रीकै सचिवालयले चलखेलका आधारमा कर्मचारी सरुवा गर्दै आएको थियो । पक्राउ परेका कर्मचारीको लिंक मन्त्रीको सचिवालयसम्म देखिएको अख्तियार स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!