२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

बिरगंजमा कर्फ्यु आदेश जारी पछी स्थितिलाई नियन्त्रणमा लिन अहिले नेपाली सेना परिचालन

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, चैत्र ३०, २०८१

 

पर्सा । वीरगन्जमा शनिबार भएको दुई समुदायबिचको दोहोरो झडप नियन्त्रण लिन सेना परिचालन गरिएको छ । शनिबार साँझ वीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन गरिएको हो ।

त्यसअघि स्थानीय प्रशासनले साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिन अहिले सेना परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।

झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले १४५ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले क्रमशः ७०/७५ राउन्ड अश्रुग्याँस प्रहार गरेको अर्याले जानकारी दिएका छन् । झडपमा १२ सर्वसाधारण घाइते भएका छन् । झडपका क्रममा ४ वटा मोटरसाइकल जलाइएको छ ।  झडपका क्रममा एसपी गौतम मिश्रसहित नेपाल प्रहरीका मात्रै १५ जना घाइते भएका छन्। यस्तै सशस्त्र प्रहरीतर्फ पनि ८ जना घाइते भएका छन् ।

हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान् हनुमानको जयन्तीको अवसरमा शनिबार वीरगन्जमा शोभायात्रा निकालिएको थियो ।  उक्त क्रममा शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!