२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

सोमबार नयाँ बर्ष राशिफल तपाईंको

Logo
Abc Sanchar प्रकाशित सोमबार, बैशाख ०१, २०८२

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामान्य: भौतिक साधन जुट्ने सम्भावना छ र उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्नेछ। तर, आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ।​

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मध्यम: सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिन सक्छ। आर्जित धन खर्च हुन सक्छ, तर आफ्नै प्रयासले लाभ मिल्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।​

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सावधानी आवश्यक: पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला।​

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राम्रो: प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ।​

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
उत्साहजनक: अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ।​

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
लाभदायक: विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। आयआर्जन पनि राम्रै हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ।​

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामान्य: मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। केही खर्च लाग्ने तर पनि सोचेको काम बन्ने योग छ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ।​

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सावधानी आवश्यक: अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ। आर्थिक कारोबारमा सजगता अपनाउनुहोला। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ।​

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
राम्रो: प्रेम र मित्रताको गाँठो कसिनेछ। दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमताले सम्मान दिलाउनेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ।​

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लाभदायक: काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ। गुरुजनको सहयोग जुट्नेछ। व्यवसायमूलक काममा पनि राम्रै फाइदा हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्।​

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सावधानी आवश्यक: प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला। पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइनेछ। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव समेत देखा पर्नेछ।​

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राम्रो: बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन्। सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। अधिकारका लागि केही संघर्ष हुन सक्छ।

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद्
सचिव – नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपुर क लाईन जेसिस चोक दाङ ।
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!