२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

नेपाल प्रहरीका ६१ जना वरिष्ठ सई इन्सपेक्टरमा बढुवा सिफारिस

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, बैशाख ०१, २०८२

काठमाडाैं | नेपाल प्रहरीका ६१ जना वरिष्ठ प्रहरी नायब निरीक्षकहरू प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवाका लागि सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ सईहरूलाई इन्सपेक्टर बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिसको पहिलो नम्बरमा सुदिप थापा रहेका छन् । यसैगरी, दोस्रोमा रबी घिमिरे, तेस्रोमा फणिन्द्र क्षेत्री, चौथोमा कृष्णराज सेढाईं र पाँचौमा हस्तबहादुर तामाङ छन् ।उनीहरूलाई एक हप्तामा दर्ज्यानी चिह्न प्रदान गरेर पदस्थापन गरिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!