२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

मंगलबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, बैशाख ०२, २०८२

मेष -आज विचार र योजनामा स्पष्टता आउँछ। पुराना अधुरा कामहरूमा गति मिल्नेछ। मान्यजनको सहयोग पाइनेछ। मन मिल्ने व्यक्तिसँग समय बित्न सक्छ।

वृष -दिनको शुरुवात केही मन खिन्न बनाउने भए पनि दिउँसोदेखि क्रमशः ऊर्जा बढ्नेछ। आर्थिक पक्षमा सुधार हुने संकेत छ। नयाँ कामको प्रस्ताव आउन सक्छ।

मिथुन -बोलिमा मिठास राख्नुपर्ने दिन हो—सामाजिक सम्बन्धमा असर पर्न सक्छ। तर काममा लगनशीलता देखिएमा राम्रो फल मिल्नेछ। घरमा सानो खुशीयालीको संकेत।

कर्कट -मनमा आउने चञ्चलता नियन्त्रणमा राख्न सक्नुभयो भने फाइदा हुनेछ। यात्राको योजना बनिरहेको छ भने आज उपयुक्त दिन होइन। सानो निर्णयले ठूलो दिशा दिन सक्छ।

सिंह -पुराना प्रयासले फल दिन सक्छ। तपाईंको साहस र आत्मबल अरूलाई पनि प्रेरणा बन्न सक्छ। दाम्पत्य वा प्रेम सम्बन्धमा नयाँ उत्साह आउनेछ।

कन्या -बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ। आर्थिक पक्ष मध्यम रहनेछ। घरपरिवारमा खुसी छाउनेछ। प्रेम सम्बन्धमा सावधानी अपनाउनु उत्तम हुन्छ।

तुला -आज नयाँ सोच र दृष्टिकोण विकास हुनेछ। अरूको कुरामा अल्झिनुभन्दा आफ्नो कर्ममा ध्यान दिनु राम्रो। दिउँसोपछि भाग्यले साथ दिनेछ।

वृश्चिक -कार्यस्थलमा सम्मान मिल्नेछ। घरमा रमाइलो माहोल रहनेछ। प्रेममा विश्वास बढ्नेछ। तर नजिकका व्यक्तिसँग हल्का विवादको सम्भावना छ—शान्त रहनुहोस्।

धनु -मनमा आउने नयाँ योजनाले हौसला दिनेछ। शिक्षक, विद्यार्थी वा लेखकहरूका लागि राम्रो समय। टाढाबाट शुभ समाचार आउने सम्भावना छ।

मकर -मित्रवत् व्यवहारले धेरै समस्या सुल्झिन सक्छ। कामको बोझ भए पनि सन्तुलन कायम राख्नुहुन्छ। घरपरिवारमा खुसीयाली छाउने संकेत छ।

कुम्भ -आज मानसिक रूपले केही अस्थिरता महसुस हुन सक्छ। स्वास्थ्यमा सानो कमजोरी देखिन सक्छ। साँझतिर स्थिति सामान्य हुँदै जानेछ। विश्राम पनि जरुरी छ।

मीन -कर्ममा फलको अपेक्षा राख्नु स्वाभाविक हो, तर आज धैर्य आवश्यक छ। बोलीमा नियन्त्रण राख्नु होला। आर्थिक पक्ष स्थिर रहनेछ। नजिकको साथीबाट सल्लाह पाइनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद् ।
सचिव- नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र क लाईन जेसिस चोक तुलसीपूर दाङ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!