२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

लागूऔषध विरूद्धको महाअभियान प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श एआईजी तामाङद्वारा समुद्घाटन

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०२, २०८२

काठमाडौं । उपत्यका प्रहरी कार्यालयद्वारा आयोजना गरिएको लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम अन्तर्गत लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमको समुद्घाटन कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोको सभाहलमा मंगलवार काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
लागूऔषध दुर्व्यवसनको तथ्याङ्क दिनानुदिन बढ्दै गईरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै समाजका हरेक सरोकारवाला पक्षहरुको एउटै सक्रिय संयन्त्रको रुपमा अगाडि बढ्ने आवश्यकतालाई बोध गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहबीच शुभारम्भ गरिएको थियो ।
लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले वर्तमान समयमा समग्र राष्ट्रलाई नै असर गर्ने गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषधको नियन्त्रणमा सबै सरोकारवाला पक्षहरूको साथ, सहयोग, सहकार्य र समन्वय आवश्यकता रहेको बताउनु हुदै लागूऔषध सेवनकर्ताहरुलाई समुदाय स्तरमानै अनुशिक्षणका साथै सामाजिक पुन:स्थापना गर्ने उद्धेश्यका साथ काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतले विभिन्न सचेतनामूलक तथा प्रशिक्षण कार्यक्रम संचालन गरिरहेको अवस्थामा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोले आयोजना गरेको लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमले समाजमा विकराल रुप लिएको लागूऔषध दुर्व्यवसनको न्यूनिकरणमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।
जिवन विज्ञानका प्रशिक्षक रेखा घिमिरे र आसरा सुधार केन्द्र रानीबारीका प्रशिक्षक गौरब सिरोहियाले प्रशिक्षण गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ, सिनियर प्रहरी अधिकृतहरु, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोका पदाधिकारीहरु तथा सदस्यहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
साथै यस कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक नवराज अधिकारीको प्रमुख आतिथ्यता तथा आसरा सुधार केन्द्र रानीबारीका बरिष्ठ मनोपरामर्शदाता सम्राट नरसिँह प्रधान प्रशिक्षणमा लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध प्रयोगकर्ता तथा अभिभावकहरुलाई परामर्श कार्यक्रमको समुद्घाटन कार्यक्रम सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ईचँगुनारायणमा समेत सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!