०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

बैतडीमा दरबन्दी डाक्टर नहुदा करार डाक्टरको भरमा जिल्ला अस्पताल

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

बैतडी पुस ६ जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक नहुँदा समस्या भएको छ। नवौं तहका एकजना र आठौं तहका दुई डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल अहिले करारका डाक्टरको भरमा सञ्चालन भइरहेको छ। जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञसमेत रहेका डाक्टर जगदीशचन्द्र विष्टको डडेल्धुरा अस्पतालमा समायोजन भएपछि जिल्ला अस्पताल करारका डाक्टरको भरमा सञ्चालनमा रहेको हो।
दरबन्दीका चिकित्सक नहुँदा अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएका जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। ‘मलाई आर्थिक अधिकारसमेत दिइएको छैन्। यसले गर्दा अस्पतालको समान्य प्रशासनिक काम सञ्चालनमासमेत बाधा पुगेको छ।’ तत्काल खरिद गर्नुपर्ने सामग्रीसमेत खरिद गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ। जसले अस्पतालको सेवामासमेत बाधा पुगेको उनले बताए।
करारका डाक्टरलाई आर्थिक अधिकार नदिँदा कर्मचारीलाई तलब खुवाउनसमेत समस्या भएको डाक्टर जोशीले बताए।
अस्पतालको प्रसूतिसेवासमेत करारका डाक्टरकै भरमा सञ्चालनमा रहेको छ। अप्रेशन गरेर बच्चा जन्माउने सुविधा भएपनि दरबन्दीका विशेषज्ञ डाक्टर नहुँदा समस्या छ। ‘अस्पतालमा कार्यरत डाक्टर देवेन्द्र लेखकले तालिम लिएर अप्रेशन गरेर बच्चा जन्माउने सेवा दिइरहनुभएको छ। तर उहाँको करार अवधि पनि तीन महिना मात्रै बाँकी छ,’ डाक्टर जोशीले भने, ‘अस्पतालमा दरबन्दी अनुसारका चिकित्स पठाउन सरकारले ढिलो गर्नुहुँदैन्।’
यस्तै जिल्ला अस्पतालमा ४ जना स्टाफ नर्सको दरबन्दी भएपनि सबै दरबन्दी रिक्त छन्। दरबन्दीका स्टाफ नर्स नहुँदा करारका स्टाफ नर्सले सेवा प्रवाह गरिरहेका छन्। ‘नर्सिङ स्टाफ पनि सबै करारकै छन्। दरबन्दीका एकजना पनि छैनन्। यसले गर्दा प्रसूति सेवा प्रवाहमासमेत समस्या हुने गरेको छ।’
प्राथमिक स्वास्थ्य केन्द्रमा पनि डाक्टर छैनन्
जिल्ला तल्लोसोराड क्षेत्रमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पनि डाक्टर छैनन्। डाक्टर नभएको ६ मिहना बितिसक्दा पनि दरबन्दी पुर्ति भएको छैन। प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा पोष्टमार्टम लगायतका सेवाहरु प्रभावित भएको मेलौली नगरपालिका स्वास्थ्य संयोजक नारायण चन्दले जानकारी दिए।
प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे, इसीजी मेसिन भएपनि डाक्टरको अभावमा सबै प्रयोगविहिन भएका छन्। ‘१६ वर्षमा हामीले लगभग दुई वर्षसम्म चिकित्सकको सेवा पायौं। तर फेरि हामीले उपचारका लागि भारत जानुपर्ने बाध्यता आइलागेको छ’, मेलौलीका स्थानीय लक्ष्मण पार्कीले भने, ‘संघीयतापछि स्वास्थ्य सेवामा समस्या देखिएको छ। गाउँका स्वास्थ्यचौकीहरुमा समेत स्वास्थ्यकर्मीको अभाव छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]