२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

बाँके प्रहरीको २६ दिन हिरासत पछी पत्रकार मल्लद्वारा सनसनीपूर्ण खुलासा हिरासतभित्र लागूऔषध कारोबार ?

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०२, २०८२

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतभित्रै लागूऔषधको कारोबार हुने गरेको सनसनीपूर्ण खुलासा भएको छ। अभद्र व्यवहारको अभियोगमा २६ दिन हिरासतमा बसेका पत्रकार आशिष मल्ल ठकुरीले सोमबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी हिरासतमा हुने अमानवीय व्यवहार र अवैध गतिविधिका बारेमा महत्वपूर्ण जानकारी सार्वजनिक गरेका हुन्।

मल्लका अनुसार हिरासतको ट्वाइलेटभित्रै दुई व्यक्तिहरू खुलेआम लागू औषध सेवन गरिरहेका थिए। “ओम बटालाले नै जब्त गरेको स्टिक पेपर, बिलेट र लाइटर सहितका सामाग्रीहरू हिरासतभित्रै फेला परेका छन्, यसको जानकारी बाँके जिल्लाका एसपीलाई थियो कि थिएन? यदि थियो भने पनि लुकाइएको हुनसक्छ,” मल्लले प्रश्न उठाए।

उनले प्रहरीहरूमै लागुऔषध विक्रीमा संलग्न रहेको आरोप लगाउँदै भने, “बाहिर दश रुपैयाँ पर्ने सुर्ति प्रहरीहरूले हिरासतभित्र हजार रुपैयाँमा बेचेका छन्। बीस रुपैयाँ पर्ने चुरोट सय रुपैयाँमा बेचेको आफैले देखेको छु। चुरोटको गन्ध नफैलियोस् भनेर ट्वाइलेटमा अगरबत्ती बालिएको थियो।”

मल्लले हिरासतमा गरिब, मजदुर तथा रिक्सा चालकहरूलाई सामान्य आरोपमा समेत अनावश्यक रूपमा थुनिएको भन्दै गम्भीर आपत्ति जनाए। उनले भने, “दैनिक अटो चलाएर परिवार पाल्ने युवालाई ‘अभद्र व्यवहार’ को नाममा २६ दिनसम्म थुन्नु कति न्यायसंगत हो? यस्तो व्यवहार अपमानजनक मात्र होइन, अमानवीय पनि हो।”

हिरासतमा रमदानको समयमा रहेका मुस्लिम कैदीहरूलाई पनि अपराधीसरह व्यवहार गरिएको आरोप लगाउँदै उनले भेटघाटमा समेत अवरोध गरिएको बताए। “परिवारजनले ल्याएको फलफूलसम्म बाहिरै फिर्ता गरिदिने व्यवहार प्रहरीबाट भएको छ,” उनले बताए।

समाजसेवामा पनि सक्रिय पत्रकार मल्लले हिरासतमा रहेका केही व्यक्तिहरूको धरौटीसमेत तिरेको उल्लेख गर्दै भने, “एक जना किशोरले रुन्दै भने, ‘दाइ, बहिनीलाई म पढाउँथे, म बिना घर कसरी चल्ला?’ मैले उसको धरौटी तिरेर निकालिदिएँ। म अपराध गर्न होइन, सेवा गर्न हिरासतमा पुगेको रहेछु।”

पत्रकार मल्लले प्रहरी प्रशासनभित्रको यस्ता विकृतिका विषयमा गहिरो अनुसन्धान गर्न माग गरेका छन्। “पहिला मलाई अनुसन्धान गर्नु भन्दा बरु प्रहरी हिरासतभित्र के भइरहेको छ, त्यहाँ अनुसन्धान गर्नुहोस्,” उनले बाँके प्रहरीलाई चुनौती दिएका छन्।

यता यस विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेको सूचना अधिकारी एवं प्रहरी प्रबक्ता डिएसपी दिपक पातलीले यो विषयमा अहिले कुरा नगरो भोलि बिहान् गरो भन्ने जवाफ दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ प्रशासनिक केन्द्रमा सोमबारदेखि दैनिक कामकाजको सुरूवात गरेका हुन्। संघीयताको सुदृढीकरणका लागि प्रदेश तहलाई बलियो बनाउने लक्ष्यसहित प्रशासनिक केन्द्र निर्माण गरिएको बताउँदै प्रदेशबासीका लागि गौरवको विषय भएको मुख्यमन्त्री आचार्यले बताए । सात प्रदेशमध्ये लुम्बिनी राजधानी निर्माण, नामाकरण र प्रशासनिक केन्द्र निर्माणमा सफल भएको छ । यसले प्रदेशलाई थप उचाइमा […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

काठमाडौं । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा कार्यरत पौडेललाई सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार उनले पदभार ग्रहण गरेका छन् । यसअघि कार्यरत महानिरीक्षक राजु अर्याल १८ वैशाखबाट अवकाशमा गएपछि उक्त […]

error: Content is protected !!