१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा चलाउन मागलाई हेर्दाहेर्दैमा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, बैशाख ०४, २०८२

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अनि न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेयको इजलासले ललिता निवास जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई मुद्दा चलाउन आदेश माग गरिएको मुद्दाको निरन्तर सुनुवाईका लागि ‘हेर्दाहेर्दै’मा राख्ने आदेशमा राखेको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने क्रममा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले छुट्टाछुट्टै निर्णय गरेका थिए ।

उनीहरूलाई अनुसन्धानको दायरामा नल्याई मातहतका कर्मचारीहरूलाई मात्रै मुद्दा चलाइएको भनी अख्तियार विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको थियो ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता रविन शर्माले अख्तियार, महान्यायाधीवक्ता कार्यालय अनि विशेष अदालत विरुद्ध छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए ।

करिव पाँच वर्ष पुरानो मुद्दालाई सर्वोच्च अदालतले प्राथमिकताका साथ टुंग्याउने नीति लिएको हो । पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई विरुद्धको मुद्दा अख्तियारमा विचाराधीन महत्त्वपूर्ण राजनीतिक मुद्दामध्ये एक हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीहरूको शव सम्बन्धित परिवारलाई बुझाइएको जनाएको हो । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी मृत्यु हुनेमा २६ देखि ३० वर्ष उमेर समूहका युवाहरू रहेका छन् । यस उमेर समूहका २३३ जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । त्यस्तै २० वर्षभन्दा कम उमेरका २९ […]

बाँके । नेपालगन्ज रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परिरहेका बेला योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष ‘जीत’ को प्रमुख उपस्थितिमा बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेलद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा तत्काल मल आपूर्ति सुनिश्चित गर्न माग गर्दै आन्दोलनको चेतावनीसमेत […]

पर्सा । नेपालको मधेश प्रदेश—देशको समथर भूभाग, जहाँ देशको एक तिहाइभन्दा बढी जनसंख्या बसोबास गर्छ—आज गम्भीर जल संकटको सामना गरिरहेको छ। पानी मानव जीवनको आधार हो, तर यतिबेला मधेशवासीहरूलाई स्वच्छ पिउने पानीको अभावसँगै सिँचाइ र सरसफाइको लागि आवश्यक पानीको हाहाकार झेल्नुपरेको छ। यस संकटको जरा केवल प्राकृतिक स्रोतको सीमिततामा छैन, यो राजनीतिक इच्छाशक्ति, नीति निर्माणमा […]

error: Content is protected !!