१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

शुक्रबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, बैशाख ०५, २०८२

मेष : दिन राम्रो छ। खर्च गर्ने समयमा सचेत बन्नुपर्नेछ। बोल्दा विवेक पुर्याएर बोल्नु राम्रो हुन्छ। शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने दिन छ। रोगविरुद्ध बच्न खानपानमा ध्यान दिनुपर्नेछ। व्यापारमा गरेको लगानीबाट सफलता मिल्नेछ। वैदेशिक लगानीबाट राम्रो उन्नति हुनेछ। आज तपाईंले सचेत भएर कारोबार गर्नु राम्रो हुनेछ।

मिथुन : दिन राम्रो छ। सोचेको काम बन्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। शिक्षामा गरेका प्रयास सफल देखिन्छन्। धार्मिक र बौद्धिक मानिसँग भेट हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ

कर्कट : दिन सामान्य छ। टोल, छिमेक वा परिवारभित्र झुटो आरोप सुन्नुपर्ने हुनसक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानी डुब्ने खतरा छ। वैदेशिक क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुरमा भने सुधार हुनेछ।

सिंह : दिन राम्रो छ। तपाईंले आज सुरु गरेको काम बन्नेछ। आफन्त र अग्रजको सहयोग लिनु राम्रो हुन्छ। काम गर्नु अगाडि विषय विज्ञसँग सुझाव लिनुपर्नेछ। व्यापारमा फाइदा हुने योग छ।

कन्या : आज तपाईंका लागि संघर्षपूर्ण दिन छ। लगानी डुब्ने खतरा छ। व्यापारमा घाटा हुनेछ। ठुलो योजना नबनाउनु राम्रो हुन्छ। यात्रामा सचेत बन्नुपर्ने दिन छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

तुला : आज तपाईंको दैनिकी राम्रो छ। चन्द्रमा दाहिना भएकाले राम्रो कामको सुरुवात गर्नु राम्रो हुन्छ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथमा रमाइलो घुमघामको अवसर मिल्नेछ।

वृश्चिक : धन लाभ हुने दिन छ। शिक्षामा सफलता मिल्नेछ। वैदेशिक लगानी भए राम्रो आम्दानी हुनेछ। लामो यात्रा नगर्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। श्रमको नतिजा राम्रो प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले मनमा उत्साह थप्नेछ। प्रेम सम्बन्धले परिवारमा उल्लास बढ्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

मकर : दिन सामान्य छ। खर्च बढ्नेछ। ठुलो काममा भुलेर पनि सुरुवात नगर्नु उचित हुन्छ। थोरै बोल्नुपर्ने दिन छ। आफन्तले खुट्टा तान्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

कुम्भ : अनावश्यक खर्च बढ्नेछ। अपेक्षा गरेका मान्छेबाट सहयोग प्राप्त नहुने देखिन्छ। जुनसुकै काम गर्दा पनि आफू अगाडि नलाग्नु राम्रो हुन्छ। उद्योग र व्यापारमा हात नलगाउनु राम्रो हुन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

मीन : दिन राम्रो छ। बोल्दा भने सचेत बन्नुपर्नेछ। महत्त्वपूर्ण निर्णय लिनु अघि तीन पटक सोच्नु आवश्यक हुन्छ। घमण्डले आफूलाई समस्यामा पार्ने योग छ। धार्मिक क्षेत्रमा मन जानेछ।

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तुविद्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

error: Content is protected !!