२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

मामालाई बुबा बनाएर नागरिकता लिने भारतीय नागरिक पक्राउ

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

सर्लाही पुस ६ मलंगवा झुठो विवरण पेश गरी नागरिकता लिने एक भारतीयलाई सर्लाहीको बरहथवाबाट प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा २० वर्षीय सिताराम सिंह राजपुत रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बरहथवा नगरपालिका २ का आफ्नै मामा गिर्जबहादुर भण्डारीलाई बाबु बनाएर नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिएका छन् । राजपुतले निरज भण्डारी नाम राखेर पुष ३ गते इलाका प्रशासन कार्यालय बरहथवा सर्लाहीबाट नागरिकता लिएका छन् ।
मामालाई बाबु बनाएर नागरिकता लिएको थाहा पाएपछि हजरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । राजपुत पक्राउ परे पनि मामा गिर्ज भने फरार छन् । पक्राउ पर्ने राजपुतलाई झुठा विवरण पेश गरी नागरिकता लिएको भनी मुद्धा दर्ता गरिएको छ । जिल्ला अदालतबाट आइतबार ५ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।