१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

सिमानाका रक्सौलमा हतियार उद्योगमा प्रहरीको छापा ठुलो मात्रामा हातहतियार सहित ४ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, बैशाख ०६, २०८२

पर्सा । बिरगंज सीमावर्ती शहर रक्सौलको सिरिसियामा हतियार उद्योगमा प्रहरीको छापा, भारी मात्रामा हातहतियार सहित चारजना पक्राउ (फाेटाे फिचर सहित)भारतीय प्रहरीको छापा: सिरिसिया गाँउमा अवैध हतियार उद्योगबाट ठूलो परिमाणमा हतियार बरामद

वीरगंज नजिकै सीमावर्ती भारतीय शहर रक्सौलको सिरिसिया गाउँमा अवैध रूपमा सञ्चालनमा रहेको हतियार उद्योगमा भारतीय प्रहरीले अपरेशन गर्दै भारी मात्रामा हातहतियार बनाउने उपकरण तथा कच्चा सामग्री सहित चारजनालाई पक्राउ गरेको छ ।

पोल्ट्री फार्मको आडमा लुकाई राखिएको उक्त हातहतियार बनाउने उद्योगमा १२ घण्टासम्म लगातार छापामारी गर्दै साहुदेखी प्राविधिक सम्मका चारजनालाई भारतीय प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय मोतिहारीको विशेष सूचनाका आधारमा पलनवा थाना क्षेत्रको सिरिसिया गाउँमा पुगेको प्रहरी टोलीले उक्त हतियार उद्योग फेला पारेको हो ।

प्रहरीले घटनास्थलबाट विभिन्न खालका पेस्तोल, कार्बाइन, गोली, हतियार बनाउने कच्चा सामग्री, मोल्ड, ड्रिल मेशिन, वेल्डिङ मेशिन, अर्धनिर्मित पेस्तोल बडी, म्यागजिन, स्लाइडिङ पार्ट, खोका, तलवार लगायतका वस्तुहरू बरामद गरेको छ । बरामद हतियार सामग्री एकीकृत रूपमा सञ्चालनमा रहेको अवस्थामा भेटिएको भारतीय प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारजना व्यक्तिहरू मध्ये हतियार उद्योगका मुख्य सञ्चालक पंकज सिंह, उनका बुबा राजेश्वर सिंह, छपरा निवासी अमिताभ शर्मा र मुंगेरका नौयर आलम रहेका छन् । पक्राउ परेका मध्ये नौयर आलम प्रख्यात हतियार प्रशिक्षक मानिएको र उनले मोल्डिङ तथा डिजाइनिङको जिम्मा लिइरहेको अनुसन्धानबाट खुलेको छ । उनले दर्जनौँ हतियार निर्माण गर्ने विभिन्न तालिम दिएको प्रारम्भिक जानकारी भारतीय प्रहरीले दिएको हाे ।

भारतिय प्रहरीले घटनास्थलबाट  १ थान कंट्री मेड कार्बाइन, ३ थान देशी पेस्तोल, ३१ थान ३.५ बोरको कारतुस, ४३ थान ९ एमएमको कारतुस, ९० थान ७.६२ एमएमको कारतुस, २ थान खोका, १ थान देशी सिक्सर, ६ थान अर्धनिर्मित पेस्तोल बडी, १० थान स्लाइडिङ, २० थान म्यागजिन अर्धनिर्मित, ६ थान मोल्ड, ३ थान अर्धनिर्मित बोस, १ थान ड्रिल मेशिन, १ थान वेल्डिङ मेशिन, १ थान तलवार, २ थान ड्रिल मेशिन, १ थान लेथ पुसिन, १ थान श्यामपट्ट, ७ थान अर्धनिर्मित फ्रेम लगायत सामाग्री बरामद गरेको छ ।

यो फ्याक्ट्री सिरिसिया गाउँमा रहेको पोल्ट्री फर्मभित्र लुकाइएको थियो र त्यहाँ दैनिक रूपमा हतियार उत्पादन भइरहेको पक्राउ परेकाहरूबाट खुलेको छ । फार्ममा काम गर्ने मजदुर र फ्याक्ट्री सञ्चालकहरू बीच विभिन्न जिम्मेवारीहरू दिइएको जानकारी खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पंकज सिंहले आफ्नो बुबाको साथमा हतियार बनाउने सम्पूर्ण समान जुटाउने र विभिन्न व्यक्तिहरूलाई सप्लाइ गर्ने गरेको खुलेको छ ।

यस घटनाले नेपाल–भारत खुला सिमानामा भइरहेको आपराधिक गतिविधिको झनै गम्भीर तस्वीर देखाएको छ । भारतीय प्रहरीका अनुसार पक्राउ परेकाहरूले बेचेका अधिकांश हातहतियार सीमावर्ती शहरको वारिपारि लुटपाट, हत्या, हिसाँ, अपहरण फिरौती लगायत आपराधिक गतिविधिमा प्रयोग हुने गरेकाे प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा यसरी चलाइएका उद्योगहरूले दुवै देशका लागि सुरक्षा चुनौती बढाएको छ ।

सिरिसिया गाउँ भारत–नेपाल सीमाबाट नजिकै पर्छ र सीमावर्ती क्षेत्र भएकाले यहाँ यस्ता अवैध गतिविधि लुकाउन सक्छन् । प्रहरी स्रोतका अनुसार यस फ्याक्ट्रीमा नेपाल सहित अन्य राज्यमा आपूर्ति गर्ने उद्देश्यले हतियार बनाउने काम हुँदै आएको थियो । यस उधाेगकाे साहु, प्राविधिक पक्राउ परेपनी उधोगबाट कसले के के किने र कहाँ प्रयोग भएको बारे विस्तृत अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएकाे छ ।

भारतीय प्रहरीले यस अपरेशनलाई ठूलो सफलता मानेको छ र भविष्यमा यस्ता गैरकानुनी गतिविधि नियन्त्रणका लागि थप निगरानी बढाउने जनाएको छ । छापामारीमा अनुमंडल पुलिस पदाधिकारी रक्सौलका धीरैन्द्र कुमार, थानाध्यक्ष पलनवाका सीता केवट, थानाध्यक्ष भेलाहीका शाहरुख, थानाध्यक्ष रामगढवाका अमरजीत कुमार, थानाध्यक्ष परसाका सुनील कुमार लगायतको प्रहरी टोलि रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । स्थित नैना Naina & Ishan Jewellers मा दुई जना अपरिचित व्यक्तिहरूले हेल्मेट, मास्क र कालो पहिरनमा आएर लुटपाट गर्ने प्रयास गरेका थिए। उनीहरूसँग बन्दुक र खुकुरी थियो र पसलमा एक्लै रहेको कर्मचारीलाई धम्क्याए। साहसी कर्मचारीले प्रतिरोध गर्दै कराएपछि ती व्यक्तिहरू भाग्न बाध्य भए। यस घटनाबारे प्रहरीलाई जानकारी गराइसकिएको छ। नेपाल प्रहरी तथा सरकारसमक्ष […]

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

error: Content is protected !!