२४ आषाढ २०८२, मंगलबार
08-07-2025 , Tue
×

निलम्बनमा परेका यातायात बाराका प्रमुख अरबिन्द दास मुख्यमन्त्रीको आशिर्वादमा राज गर्दै ?

Logo
राहुल गुप्ता प्रकाशित शनिबार, बैशाख ०६, २०८२

पर्सा । मधेश प्रदेशका मुख्यमन्त्री सिंहको आशीर्वादमा विगतमा विभिन्न अनियमिततामा मुछिएका विवादस्पद र बदनाम छवि भएका अविन्दर दासले यातायात व्यवस्था कार्यालय कलैया,बाराका प्रमुखको जिम्मेवारी पाएका हुन्। यातायात कार्यालयमा हुने अनधिकृत कमाईको खबर जानेका दासले ठूलो आर्थिक चलखेल गरेर प्रमुखको जिम्मेवारी पाएको स्रोतको दाबी छ।

यातायात व्यवस्था कार्यालय कलैया बारामा प्रमुख दास माघ ९ गते बुधबार कार्यालयमा हाजिर भएका थिए। प्रमुख दास हाजिर भएको दिन देखि नै सेटिङ गरेर असुलीका लागि दर्जनभन्दा बढी बिचौलियाहरू परिचालन गरेका हुन्।

नयाँ र वर्ग थप (क्याटेगोरी ए, के, बी, सी, सी१, तथा मेशिनरीको लिखित र प्रयोगात्मक परीक्षामा पास गराइदिनका लागि बिचौलियाहरूबाट रकम असुल गर्छन प्रमुख दास।

प्रमुख अविन्दर दासले सवारी चालक अनुमति पत्र विक्री गरेर करोडौं कमाउने योजना बनाएको कार्यालयका एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाइनलाई बताएका छन्। प्रमुख दासले प्रदेश सरकारलाई भेटी चढाएर आफू यहाँ आएको र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नजिक रहेकोले कसैले केही गर्न नसक्ने भन्दै खुलेर पैसाको बार्गेनिङ गर्ने गरेको स्रोतको दाबी छ।

दास यातायातमा सबैभन्दा बढी अवसर पाउने र कमाउनेमा पर्दछन्। उनी यसअघि नै यातायात व्यवस्था कार्यालय वीरगंज, पर्सा र गौर, रौतहटमा बसेर अकूत पैसा कमाएका विवादास्पद हाकिम हुन्। उनले भ्रष्टाचार गरेर कमाएको सम्पत्तिले वीरगंजको श्रीपुरमा फ्याक्ट्री सञ्चालन गरेको स्रोतको दाबी छ। यस्तै उनले भ्रष्टाचार गरेर कमाएको सम्पत्तिले वीरगंजसहित कयौं स्थानमा घरघडेरी जोडेको स्रोतको दाबी छ।

रौतहटमा सेटिङमार्फत असुलीको आरोप

यातायात व्यवस्था कार्यालय बाराका प्रमुख दास निजामती सेवामा विवादास्पद कार्यालय प्रमुखका रूपमा चिनिन्छन्।

यातायात व्यवस्था कार्यालय गौर,रौतहटका प्रमुख रहँदा दासको असुली काण्डले सिमा नाघेको थियो। त्यहाँ पनि सेटिङमा लाइसेन्स बिक्री गरेको र बिचौलियामार्फत असुली गरेको आरोप छ। दास रौतहट यातायात प्रमुख हुँदा दर्जनौं दलाल परिचालन गरी अबैध असुली गरेको आरोप लागेको थियो। रौतहटमा प्रमुख दासले दलालमार्फत खुलेयाम रकम लिएर चालक अनुमति पत्र खरिद-बिक्री गर्ने काम गरेको आरोप छ। यस्तै, स्कुटर, जिप, कार, टेम्पो, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्यको लागि आर्थिक लेनदेन दलालमार्फत गरेको आरोप छ।

अनियमिततामा मुछिएका दासको विगत

यातायात व्यवस्था कार्यालय वीरगंजमा नायब सुब्बा हुँदा निलम्बन समेत परिसकेका विवादास्पद हाकिम छन् अविन्दर दास। यस्तै यातायात व्यवस्था कार्यालय वीरगंजमा रहँदा कानून विपरित भारतीय सवारी चालक अनुमति पत्रलाई नेपालीकरण गरेको र त्यसको अभिलेख समेत नष्ट गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज १४ गते आइतवार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेपछि छ वर्षअघि यातायात व्यवस्था कार्यालय वीरगंजबाट निलम्बनमा परेका थिए।

साथै, नेपालीकरणको लागि प्राप्त निवेदन र सोसँग संलग्न अन्य कागजातहरू र सफल परीक्षार्थीका उत्तरपुस्तिका लगायतका कागजात काम (तामेल भएको एक वर्ष नपुग्दै प्रमाण लोप गर्ने मनसायले नियम विपरित कागजात धुल्याइ सरकारी कागजात नष्ट गर्ने कार्यमा संलग्न कार्यालय प्रमुख विश्वराज नेपाल, तत्कालीन शाखा अधिकृत उमेश रेग्मी र तत्कालीन नायव सुब्बा अविन्दर दासले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम कसूर गरेको देखिन आएकोले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम सजाय हुन मागदावी गरिएको थियो।

शक्ति केन्द्रहरू खेलाउन सक्ने दास अख्तियारलाई समेत आर्थिक प्रभावमा पारेर मुद्दा कमजोर बनाउन सफल भएको बताउँछन्। ‘अख्तियार, नेता सबैलाई कसरी हात लिनुपर्छ, सबै मलाई थाहा छ,’ भन्नुहुन्छ उनी। उनका समकक्षीहरूको भनाइअनुसार उनको सम्बन्ध त मन्त्रालयभन्दा सिधै मुख्यमन्त्री कार्यालय र संघीय मन्त्रीसँग रहेको छ। ‘मन्त्रीको कुरै छोडौं, मुख्यमन्त्री सिंह पनि दासको सेटिङमा सामेल छन्, उनी खुलेरै कर्मचारीलाई बताउने र धम्काउने गरेका छन्,’ कार्यालयका एक कर्मचारीले भने।

सत्यनारायण साहको संलग्नता

प्रमुख दाससँगै हाजिर भएका अर्का कर्मचारी सत्यनारायण साह अबैध असुलीमा माहिर खेलाडी हुन्। सत्यनारायण साह हाजिर भएपछि दलाल र सेवाग्राहीसँग पैसा उठाउन कार्यालयमा हालीमुहाली चल्ने भएपछि अन्य अधिकृतहरू किनारा लागेका छन्। साह वीरगंज यातायातमा अबैध असुली गरेका बदनाम र घुस्याहा कर्मचारी हुन्। उनले वीरगंजबाट बारा गएर मोटो रकम असुल गरि फेरि पर्सामा काज गराए, तर उनको यसपटक पर्सामा कुनै चारा नचलेपछि एक महिनामै पुनः बारामा गएका छन्।

यातायात व्यवस्था कार्यालय गौर रौतहटमा निमित्त हाकिम बनेर गएका दास पछि प्रदेशको बढुमा परेर हाकिम बने, तर मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दासको त्यहाँ सरुवा गरे। स्रोतका अनुसार सरुवा हुनासाथ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, अर्थात् मुख्यमन्त्रीलाई मोटो रकम बुझाएर थमौती गराएको थियो। तर आर्थिक चलखेल गरि थमौती गराएको कुरा यातायात मन्त्रीसम्म पुगेपछि दासलाई मन्त्रालयले तानेको थियो। त्यसपछि दासले मुद्दा गरेर मुद्दा जितेपछि उनलाई बारा यातायात प्रमुखमा सरुवा गरियो, तर बारा यातायात प्रमुखमा सरुवा गरिएको विषयमा यातायात मन्त्री कौशल किशोर रायलाई थाहा भएपछि उनलाई बाटोबाट नै मन्त्रालय फर्काएका थिए। त्यसपछि यातायात मन्त्री रायलाई मुख्यमन्त्री सिंहले दबाब दिएर, भनसुन गरेर कन्भिन्स गरि मिलाएर फेरि दासलाई बाराका लागि रवाना गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित एक चिनियाँ नागरिक पक्राउ काठमाडौं । पक्राउ पर्नेमा ४० वर्षीय चिनियाँ नागरिक वाङ जियन रहेका छन् । काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती स्थित एक घरमा भाडा लिएर बसेका वाङको कोठाबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं । रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ ।नेपाल इन्टरमोडलर विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार यसरी बगेकामध्ये अधिकांश मालवस्तु बोकेका सवारी साधन छन् । इभी गाडी भने केही पर रहेका कारण कम क्षति पुगेको अनुमान गरिएको छ । ‘ठ्याक्कै कति गाडी […]

कृषि मन्त्री पन्थीको दाङमा कृषिमा पत्रकारिता सक्रिय पत्रकारहरू संग अन्तरक्रिया सम्पन्न दाङ । लमही लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रदेश सरकारले कृषिमा अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याएको बताउनुभएकाे छ ।  लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजना तथा सञ्चारिका समूह लुम्बिनी प्रदेशको सहकार्यमा आज साेमबार दाङ-देउखुरीकाे लमहीमा आयाेजित […]

error: Content is protected !!