२९ साउन २०८३, शुक्रबार
14-08-2026 , Fri
×

राष्ट्रिय अनुसन्धानबाट स्थानान्तरण भएर नेपाल प्रहरीमा आएको टोली (एआईजी) बढुवामा छुटे

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ०९, २०८२

काठमाडौं । यो टोलीबाट सिद्धिबिक्रम शाह, सुशील सिंह राठौर, उमा चतुर्वेदी, हिमालयकुमार श्रेष्ठलगायत बढुवाको प्रतिस्पर्धामा थिए । तर उनीहरु सबै जना एआईजी बढुवा सिफारिसमा परेनन् ।

हाल प्रहरी प्रधान कार्यालय, नक्साल विशेष ब्यूरोको नेतृत्व गरिरहेका शाहलाई एआईजीमा बढुवा गर्न सत्तारुढ नेपाली कांग्रेसको तीव्र दबाब थियो । तर, बालुवाटारले २०५४ सालमा भर्ना भएका अधिकारी र केसीलाई समेट्ने अडान राखेपछि केही समय बढुवा सिफारिस रोकिएको थियो ।

अन्तिममा राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोली नै बढुवामा छुटेको छ । उनीहरुलाई तत्कालीन कांग्रेस नेता खुमबहादुर खड्का गृहमन्त्री भएका बेला नेपाल प्रहरीमा स्थानन्तरण गराइएको थियो ।

तत्कालीन आईजीपी अच्युतकृष्ण खरेलले राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा ल्याउने प्रस्ताव सुरुमा अस्वीकार गरेका थिए । पछि खरेल हटेर प्रदीपशमशेर जबरा आईजीपी भएका बेला २५ पुस २०५८ मा ३० इन्स्पेक्टरसहित ४६ जनालाई नेपाल प्रहरीमा स्थान्तरण गरिएको थियो ।

राअविबाट प्रवेश गरेकाहरू प्रहरी संगठनमा कांग्रेस प्रतिपक्षमा रहेका बेला प्रायः पछाडि परिरहे । हुन पनि यो टोलीका थुप्रै अधिकृतहरू विवादमा मुछिइरहे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]